Saturday, 4 June 2016

२०७३ को रा.प.अनं.प्रथम, प्रा.स. मा सोधिएका प्रश्नोत्तरहरु !!!

प्रा.स.मा सोधिएका प्रश्न तिनका उत्तरहरु !!!

1. शिक्षा दिवश 2072 नारा के रहेको थियो ....???
उत्तर:- "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था"
2. नेपालको सबैभन्दा पुरानो मावि कुन हो...??
उत्तर:- भानु मावि
3. दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ....???
उत्तर:- बि.स १९४८
4. त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ...???
उत्तर:- बि.स १९७५ भाद्र, २७
5. शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ...??
उत्तर:- ४२
6. बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी II श्रेणीमा उत्तीर्ण भएका थिए ...???
उत्तर:- १० जना
7. बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो ...??
उत्तर:- २८०
8. त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन...???
उत्तर:- गरूडध्वज राना
9. ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ..???
उत्तर:- ४ घण्टा
10. गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन...??
उत्तर:- राममणि आदी
11. संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन...??
उत्तर:- हेमराज पाण्डे
12. आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो ...??
उत्तर:- बि.स २००४~०२~१०
13. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो... ???
उत्तर:- बि.स २०६६~०७~१३
14. कार्यान्वयन नभयको संबिधान कुन हो...??
उत्तर:- नेपाल सरकार वैधानिक कानुन -२००४
15. बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो ...??
उत्तर:- ०.७%
16. राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो ...???
उत्तर:- निजामति प्रथमा
17. नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो...??
उत्तर:- दरबार हाइस्कुल
18. विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो...??
उत्तर:- बि.स २०५४~१२~२६
19. स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भयको हो ...??
उत्तर:- बि.सं. २०६५~०५~१५
20. NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो...???
उत्तर:- बि.सं. २०५२
२1. शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो...???
उत्तर :- बि.सं २०७२-१२-०३
22. सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो...??
उत्तर :- सन 2015 May, 19-22
23. शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ...???
उत्तर :- ८ वटा
24. A+ ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ...??
उत्तर :- ४.०
25. नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो
उत्तर :- बि.सं २०५४
26. सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो...??
उत्तर :- ५ जिल्ला
27. UNESCO को लागि नेपाल राष्ट्रिय आयोगको स्थापना कहिले भयको हो ...???
उत्तर :- बि.सं २०१०
28. शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन...??
उत्तर :- २९ वटा
29. अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ...???
उत्तर :- बि.सं २०५६
30. हाल शिक्षा मन्त्री को रहेका छन् ...???
उत्तर :- गिरीराजमणी पोखरेल
31. तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको छ ..??
उत्तर :- ९५%
32. एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेकी छन..???
उत्तर :- ३ चरण
33. बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो ...???
उत्तर :- ३.९%
34. शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन...??
उत्तर :- ११ जना
35. SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो ..??
उत्तर :- ३ जिल्लामा
36. सेति परियोजना कहिले लागु गरियो..??
उत्तर :- बि.सं २०३८ [१९८१]
37. EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ ...???
उत्तर :- १००%
38. EFA [2001~2015] कार्यक्रमले कति सुचक तय गरेको थियो ...??
उत्तर :- १८ वटा
39. NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन...??
उत्तर :- १२ वटा
40. NEC -2049 को गठन कहिले भयो...??
उत्तर :- बि.सं २०४७-११-14

No comments:

Post a Comment