GK Questions : 55 x 2 = 110
खरिदार तथा सहायक महिला विकास निरीक्षकलाई लिइएको परीक्षाका केही प्रश्नहरु !!!
Hit like & share it!!!!!
विश्वको भूगोल, नेपालको भूगोल, नेपालको इतिहास, धर्मसँस्कृति, पारिस्थितिक पद्धति
1. सही विकल्प छान्नुहोस् ।
१. कर्णाली अञ्चलका खस जातिका कूलदेवता काइके भनिन्छ ।
२. लिम्बुहरुको स्त्री पुरोहितलाई धेमा भनिन्छ ।
(A) १ मात्र सही (B) २ मात्र सही (C) १ र २ दुवै सही (D) १ र २ दुवै गलत
2. विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ?
(A) माप्चोक (B) शुल्ली (C) लिङ्व्यल (D) कुथेर
3. लिच्छविकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ?
(A) माप्चोक (B) कुथेर (C) शुल्ली (D) लिङ्व्कल
4. लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
(A) महाप्रतिहार (B) महा सर्बप्रतीहार (C) महावलाध्यक्ष (D) सर्वदण्डनायक
5. लिच्छिबिकालमा ब्यापारिक केन्द्रको रुपमा बिकसित बस्तीलाई के भनिन्थो ?
(A) द्रङ्ग (B) तल (C) ग्राम (D) थुम
6. नेपाल सांस्कृतिक संस्थानको स्थापना कहिले भयो ?
(A) वि.सं. २०३१ साउन ५ (B) वि.सं. २०२९ असार ५
(C) वि.सं. २०३० असार ५ (D) वि.सं. २०२८ असार ५
7. वातावरण र विकास तथा विश्व सहयोग सम्वन्धमा सुझाव दिन UNO को साधारण सभाले कहिले र कसको अध्यक्षतामा ब्रुटल्याण्ड कमिशन गठन गरेको थियो ?
(A) सन् १९८३, थ्याचर ब्रुटल्याण्ड (B) सन् १९८३, हार्लेम ब्रुटल्याण्ड
(C) सन् १९८३ हेक्टर लास्करेन ब्रुटल्याण्ड (D) सन् १९८३ कार्लोस ब्रुटल्याण्ड
8. साँस्कृतिक सम्पदा सम्बन्धी हाल प्रचलनमा रहेको नेपाल कानुन कुन हो ?
(A) प्राचीन स्मारक संरक्षण ऐन, २०२३ (B) प्राचीन स्मारक संरक्षण ऐन, २०१३
(C) प्राचीन स्मारक संरक्षण ऐन, २०१५ (D) प्राचीन स्मारक संरक्षण ऐन, २००९
9. राष्ट्रिय वातावरण परिषदको अध्यक्ष को हुन् ?
(A) बातावरण मन्त्री (B) प्रधानमन्त्री (C) उपप्रधान मन्त्री (D)राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
10. वातावरण सम्बन्धी चिप्को आन्दोलन चलाउने भारतिय नागरिक को हुन ?
(A) सुन्दरलाल बहुगुणा (B) बिजयन्द्र दास (C) राजेन्द्र प्रसाद (D) श्याम सुन्दर
@[645381262247991:]
11. ICIMOD के संग सम्बन्धित छ ?
(A) वाताबरण प्रबर्धन र बिकास (B) राजनैतिक बिकास
(C) अन्तराष्ट्रिय बिकास बैदेशिक रोजगार (D) माथिका सबै
12. भु-मध्यरेखा देखि ५ डिग्री उत्तरी अक्षांश देखि ५ डिग्री दक्षिण अक्षांश सम्मको स्थललाई हावा पानीको हिसावले के भनिन्छ?
(A) उपोष्ण उच्च चापपेटी (B) मनसुन
(C) न्यून प्रभावित क्षेत्र (zero Area) (D) भु-मध्यरेखीय न्यून चापपेटी
13. दिइएको मध्ये कुन ठिक हो ?
(A) २३ १/२ डिग्री उत्तर कर्कट रेखा हुन्छ (B) २३ १/२ डिग्री दक्षिण मकर रेखा हुन्छ
(C) ६६ १/२ डिग्री उत्तर कर्कट रेखा पर्छ (D) उल्लेखितमध्ये कुनै पनि होइन
14. दिइएका मध्ये कुन बेठिक छ ?
(A) अक्षांश रेखाहरु जम्मा ३६० वटा हुन्छन
(B) प्रधान मध्यान्ह रेखा ० डिग्री देशान्तर रेखा हो
(C) ६६ १/२ डिग्री दक्षिण कुमेरुवृत्त पर्छ
(D) भूमध्यरेखा ० डिग्री अक्षांशरेखा हो
15. देहायका मध्ये कुन ठीक होइन?
(A) १८० डिग्री देशान्तर रेखा - प्रधानमध्यान्ह रेखा
(B) १ डिग्री देशान्तर - ४ मीनेट समय फरक
(C) दुई अक्षांस रेखाको फरक - १११ कि.मी
(D) १८० डिग्रि देसान्तर रेखा-भूमध्य रेखा
16. सबैभन्दा लामो अक्षांशरेखा कुन हो ?
(A) कर्कट रेखा (B) मकर रेखा (C) भू-मध्य रेखा (D) सबै रेखा समान हुन्छन्
17. प्रधानमध्यान्ह रेखा देखि ६६ १/२ डिग्री उत्तरको रेखालाई कुन रेखा भनिन्छ ?
(A) कुमेरू वृत्त (B) सुमेरु वृत्त (C) कुमेरु र सुमेरु दुवै (D) कुमेरु र सुमेरु दुवै होइनन्
18. ज्वालामुखी विष्फोटन भई सतहमा निस्किएको ग्याँस,आगो,पग्लिएको चट्टान,खरानी,धुँवा आदिलाई समग्रमा के भनिन्छ ? (A) म्याग्मा (B) लाभा (C) डाइक (D) क्रेटर
19. विश्वकै सबैभन्दा ठूलो ज्वालामुखी पहाड कुन हो ?
(A) मोनालोवा (B) डिडिकास (C) फूँजी (D) अमेजन
20. मौनालोआ-ज्वालामुखी पहाड कुन महादेशमा पर्दछ ?
(A) वेलायत (B) अमेरिका (C) रुस (D) फ्रान्स
@[645381262247991:]
21. ज्वालामुखी फुट्दा पृथ्वीको बाहिर निस्कने पग्लेको चट्टान,ग्याँस,खरानी,धुँवा आदिलाई लाभा भनिन्छ भने पृथ्वीको भित्र रहँदा यि वस्तुहरुलाई के भनिन्छ ?
(A) म्याग्मा (B) लेदो (C) म्याग्मा (D) नाम्ग्याल
22. बिश्वकै ठूलो क्यास्पीयन ताल कुन देशको बीचमा रहेको छ ?
(A) उत्तर अमेरिका र क्यानाडा (B) मस्को र ब्राजिल
(C) भारत र चिन (D) इरान र रुसको बीचमा
23. अफ्रिका महादेशमा पर्ने बिश्वको सबैभन्दा लामो नदी कुन हो ?
(A) युफ्रेटस (B) नाइल (C) अमेजन (D) ह्वाङ्हो
24. ह्वांगो,मिसौरी,यान्जे नदिहरु कुन महासागरका प्रमुख नदिहरु हुन् ?
(A) प्रशान्त महासागर (B) हिन्द महासागर (C) सुमेरु महासागर (D)कुमेरु महासागर
25. नेपाल सरकारले “ कृष्णसार” लाई संरक्षित जन्तु भनेर कहिले घोषणा गरेको थियो ?
(A) २०६५।१०।५ (B) २०६५।१०।१० (C) २०६५।१०।१५ (D) २०६५।१०।२०
26. तलकामध्ये ठुलो राष्ट्रिय निकुञ्ज कुन हो ?
(A) मकालु वरुण राष्ट्रिय निकुञ्ज (B) चितवन राष्ट्रिय निकुञ्ज
(C) शिवपुरी राष्ट्रिय निकुञ्ज (D) शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
27. प्रकृतिक तथा सांस्कृतिक स्रोत र संरक्षण परिषदको स्थापना कहिले गरीएको थियो ?
(A) वि.सं. २०४२ (B) वि.सं. २०४४ (C) वि.सं. २०४६ (D) वि.सं. २०४८
28. जोडा मिलाउनुहोस् । (A) क२ ख३ ग१
क) शुंक्लाफाँटा वन्यजन्तु आरक्ष १) वि.सं. २०४० (B) क१ ख२ ग३
ख) कोशिटापुवन्यजन्तु आरक्ष २) वि.सं. २०३१ (C) क३ ख२ ग१
ग) पर्सा वन्यजन्तु आरक्ष ३)वि.सं. २०३१ (D) क१ ख३ ग२
29. नेपालका संरक्षण क्षेत्रको क्षेत्रफल
को आधारमा घट्दो क्रममा कुन सहि हो ?
(A) अन्नपूर्ण, मनास्लु, गौरीसंकर (B) अन्नपूर्ण, अपिनप्पा, मनास्लु
(C) अन्नपूर्ण, मनास्लु, अपिनप्पा (D) कञ्चंनजघा, अपिनप्पाम गौरीसंकर
30. तल दिइएका रा.नि. र क्षेत्रफल मध्ये कुन गलत हो ?
(A) मकालु वरुण (१५०० वर्ग कि.मी) (B) सगरमाथा (९३२ वर्ग कि.मी)
(C) बाँके (५५० वर्ग कि.मी) (D) खप्तड (२२५ वर्ग कि.मी.)
@[645381262247991:]
31. विश्व सम्पदा सूचीमा परेका धार्मिक स्थलहरुमा नपर्ने स्थल तलका मध्ये कुन हो ?
(A) पशुपति क्षेत्र (B) लुम्विनी क्षेत्र (C) वसन्तुपर क्षेत्र (D) चाँगुनारायण क्षेत्र
32. गाईजात्राको चलन कसले चलाएका हुन् ?
(A) प्रताप मल्ल (B) जगतप्रकाश मल्ल (C) मानदेव (D) जयप्रकाश मल्ल
33. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
(A) प्रताप मल्ल (B) जगतप्रकाश मल्ल (C) महीन्द्र मल्ल (D) रणजीत मल्ल
34. काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ?
(A) प्रताप मल्ल (B) रणजित मल्ल (C) जयप्रकाश मल्ल (D) महिन्द्र मल्ल
35. परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ?
(A) जयप्रकाश मल्ल (B) विश्वजित मल्ल (C) जगज्योती मल्ल (D) नरेन्द्रदेव
36. गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
(A) सिद्धिनरसिंह मल्ल (B) जगतप्रकाश मल्ल (C) जयप्रकाश मल्ल (D) शिवदेव तृतीय
37. दिइएका मध्ये कुन कृति राजा जगज्योति मल्लको होइन ?
(A) हरगौरी बिवाह (B) कुञ्ज विहारी (C) गीतपंचाशीका (D) जैमिनी भारत
38. ठकुरीवंशी अन्तिम राजा (नुवाकोटका)को हुन् ?
(A) शंकरदेव (B) भाष्करदेव (C) विजयकामदेव (D) वृषदेव
39. कुन राजाको पालामा विसेत भन्ने व्यक्तिले काष्ठमण्डपको निर्माण गरेका थिए ?
(A) सिद्धिनरसिहं मल्ल (B) तेजनरसिंह मल्ल (C) लक्ष्मी नरसिंह मल्ल (D) जयप्रकाश मल्ल
40. नेपालको पहाडी क्षेत्रको क्षेत्रफल कति छ ?
(A) १,०००८३.०८ व.कि.मि. (B) १,००८३.०८ व.कि.मि.
(C) १,८३००८.०८ व.कि.मि. (D) १,०८००७.०५ व.कि.मि.
@[645381262247991:]
41. नेपालका पहाडी क्षेत्रमा कति क्षेत्रफल खेतियोग्य भूमी छ ?
(A) ८५२९ व.कि.मि. (B) ८७९० व.कि.मि. (C) ८६२९ व.कि.मि. (D) ८७९० व.कि.मि.
42. नेपालको सीमा जोडीएका मुलुक भारत र चीन वाहेक तेस्रो नजिकको देश कुन हो ?
(A) भुटान (B) वंगलादेश (C) पाकिस्तान (D) श्रीलंका
43. नेपालको प्रामाणित समय कुन रेखाका आधारमा गरिएको छ ?
(A) अक्षांश रेखा (B) देशान्तर रेखा (C) अक्षांस र देशान्त रेखा (D) निश्चित नगरिएको
44. नेपालको पूर्वी भागमा भारतको कुन प्रदेश पर्दछ ?
(A) विहार (B) उत्तरप्रदेश (C) पश्चिम बङ्गाल (D) उत्तराञ्चल
45. तलका कुन अञ्चलले चीनलाई छुदैन ?
(A) गण्डकी (B) वाग्मती (C) लुम्बिनी (D) धवलागिरी
46. नेपालका कतिवटा जिल्ला भित्री मधेशमा पर्दछन् ? (A)१२वटा (B)१५वटा (C)७वटा (D)९वटा
47. नेपालका कतिवटा अञ्चलको नाम हिमालको नामबाट नामाकरण गरिएका छन् ?
(A) ८ वटा (B) २ वटा (C) ३ वटा (D) ४ वटा
48. विश्वकै उच्चस्थानमा रहेको वस्ती छार्काभोट र तरापवस्ती कुन जिल्लामा पर्दछन् ?
(A) जुम्ला (B) हुम्ला (C) डोल्पा (D) कालिकोट
49. नेपालको कोशी प्रदेशले कति भू-भागलाई सिञ्चित गर्न सक्दछ ?
(A) २४,१४० वर्ग कि.मी. (B) २६,१५० वर्ग कि.मी.
(C) ३३,००० वर्ग कि.मी. (D) २२,१५० वर्ग कि.मी.
50. विश्रान्ति मन्दिर धनकुटा, उजेश्वरी पाल्पा, पञ्चकन्या इलाममा पर्दछन् भने भैरवी मन्दिर कहाँ पर्दछ?
(A) बाग्लुङ (B) नुवाकोट (C) धादिङ (D) म्याग्दी
@[645381262247991:]
51. देहायको कुन अञ्चलले चीन र भारत दुवैलाई छुन्छ ?
(A) बागमती (B) गण्डकी (C) धवलागिरी (D) मेची
52. नेपाल रुस सांस्कृतिक सङ्घको स्थापना कहिले भएको थियो ?
(A)वि.सं.२०१७जेठ १ (B)वि.सं.२०१७जेठ २ (C)वि.सं.२०१७जेठ ३ (D)वि.सं.२०१७जेठ ४
53. कञ्चनजङ्घा संरक्षण क्षेत्रको क्षेत्रफल कति छ ?
(A) २०३५ वर्ग.कि.मि. (B) २०४५ वर्ग.कि.मि. (C) २०५५ वर्ग.कि.मि. (D) २०६५ वर्ग.कि.मि.
54. गलत विकल्प छनौट गर्नुहोस् ।
(A) नेपाली साहित्यको प्राथमिक कालः वि.सं. १८०१ देखि १९४०
(B) नेपाली साहित्यको पहिलो रचनाः सुवानन्द दासको कविता 'पृथ्वीनारायण शाह', विसं १८२५
(C) "स्वर्गभन्दा पनि भारी आमा, बाबु र स्वदेश हुन्" भन्ने वाक्य त्रिशक्तिपट्टमा उल्लेख गरिएको छ ।
(D) दशजना लेखकद्वारा लिखित उपन्यास मिशा हो ।
55. लुम्बिनी विकास कोष ऐन कहिले देखि लागु भएको हो ??
(A) वि.सं. २०४४ (B) वि.सं. २०४० (C) वि.सं. २०४२ (D) वि.सं. २०४१
Answer:
1-B, 2-A, 3-C, 4-D, 5-A, 6-B, 7-B, 8-B, 9-B, 10-A
11-A, 12-D, 13-A, 14-A, 15-A, 16-C, 17-B, 18-B, 19-A, 20-B
21-A, 22-D, 23-B, 24-A, 25-B, 26-D, 27-C, 28-A, 29-B, 30-B
31-C, 32-B, 33-D, 34-C, 35-B, 36-D, 37-D, 38-A, 39-C, 40-A
41-C, 42-B, 43-B, 44-C, 45-C, 46-C, 47-B, 48-C, 49-C, 50-B
51-D, 52-D, 53-A, 54-D, 55-C
No comments:
Post a Comment