मिति २०७३ वैशाख ८ गते गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु !!!
संकलन : Kamal Prasad Marasini @[100007384394013:]
• विश्व बैंकद्धारा सन् २०१६ अप्रिल ११ मा प्रकाशित सार्वजनिक प्रतिवेदन अनुसार २०१७ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
– ७.३ प्रतिशत
• २०७२ को पारिजात सिर्जना सम्मानबाट सम्मानित हुने श्रष्टा को हुन् ?
– मोहन दुलाल
• हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन् ?
– रेडक्रस
• बिमष्टेकमा हालसम्म कति सदस्य राष्ट्र रहेका छन् ?
– ७ वटा
• जर्नल अफ एजुकेसन लिडरसिपको इमरल्ड इएफएमडी २०१५ सर्वोत्कृष्ट अवार्डअन्र्तगत मस्ट कमेन्डेबल अवार्ड बाट सम्मानित हुने नेपाली को हुन् ?
– काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक प्रकाशचन्द्र भटराई
• नेपालमा बर्सेनी नयाँ बर्षको पहिलो सप्ताहलाई बन्यजन्तु सप्ताहका रुपमा कहिलेदेखि मनाउँदै आईएको छ ?
– वि.सं २०५३
• सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको रुपमा को नियुक्त भएका छन् ?
– हरि फुँयाल
• सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधिशका रुपमा सुशीला कार्कीले कहिलेदेखि कार्यभार सम्हाल्नु भएको थियो ?
– वि.सं २०७३ वैशाख १
• एसियाको नोबल पुरस्कार भनी चिनिने म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
– महेशचन्द्र रेग्मी
• महालेखा परिक्षकको ५३ औं बार्षिक प्रतिवेदन अनुसार चालु बर्षसम्म असुल फस्र्यौट तथा कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम कति रहेको छ ?
– तिन खर्ब २८ अर्ब ५३ करोड
• नेपालमा थकाली भाषा बोल्नेहरुको मूल थलो कहाँ छ ?
– मुस्ताङको थाकखोला
• नेवारी भाषा कुन भाषा परिवारअन्र्तगत पर्दछ ?
– भोटबर्मेली
• नेपालमा सबैभन्दा बढी पर्यटक कुन महाद्धिपबाट आउने गरेको छन् ?
– एसिया
• विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक बिकासको सुरुवात गर्ने देश कुन हो ?
– रुस
• नेपालमा हालसम्म ३० वटा संस्थान निजीकरण तथा खारेजी भएका छन् भने सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थान कति छन् ?
– ३७ वटा
• प्राचिन ओलम्पिक खेलकुदको सुरुवात कहाँबाट भएको हो ?
– ग्रिसको ओलम्पिक
• विद्युतका पिता भनेर कसर्ला चिनिन्छ ?
– माइकल फराडे
• नेपालमा डिटीएच प्रविधिको सुरुवात कहिलेबाट भएको हो ?
– सन् २०१०
• ईसिजी नामक यन्त्र कुन अंगको परिक्षणका लागि प्रयोग गरिन्छ ?
– मुटु
• नेपालमा सबैभन्दा धेरै पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो ?
– चितवन राष्ट्रिय निकुञ्ज
• संयुक्त राष्टसंघको स्थापना कहिले भएको हो ?
– सन् १९४५ अक्टोबर २४
• संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रलाई प्राप्त हुने बिशेषाधिकारलाई के भनिन्छ ?
– भिटो
• हालसम्म नेपालमा कतिवटा सार्क शिखर सम्मेलन सम्पन्न भएका छन् ?
– ३ वटा ( तेस्रो , एघारौं ,अठारौं
• प्रशासनिक पुर्नगठन योजनाआयोग, २०१३ कसको अध्यक्षतामा गठित आयोग हो ?
– वि.सं २०१३ भदौ २२
• सत्यवादी दार्शनिक सुकरातलाई कुन बिष खुवाई मृत्युदण्ड दिईएको थियो ?
– हेमलक
• कौटिल्यलाई अर्को के नामले चिनिन्छ ?
– चाणक्य
• बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?
– सारनाथ
• नेपालको इतिहासमा जिउँदो सिंह भनी कसलाई चिनिन्छ ?
– अमरसिंह थापा
• इस्लाम धर्मका प्रर्वतक को हुन् ?
– पैगम्बर मोहम्मद
• आधुनिक मनोविज्ञानका प्रर्वतक को हुन् ?
– सिग्मण्ड फ्रायड
• प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को हुन् ?
– चन्द्र शम्शेर
• रुसमा राज्यक्रान्ति कहिले भएको थियो ?
– सन् १९१७
• कुन क्रान्तिलाई बौद्धिक क्रान्ति पनि भनेर चिनिन्छ ?
– फ्रान्सको राज्यक्रान्ति
मिति २०७३ वैशाख १५ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु !!!
संकलन : Kamal Prasad Marasini @[100007384394013:]
• नेपालमा हाल – चैत्र मसान्तसम्म क,ख,ग वर्गका वितीय संस्थाहरु कति रहेका छन् ?
– क्रमशः २९,७२,४६
• नेपालका महिला था बालबालिकाको पोषण स्थितीमा सुधार ल्याउन राष्ट्रिय योजना आयोगको समन्वयमा सुनौला एक हजार दिन जनजारण अभियानको शुभारम्भ कहिले गरियो ?
– वि.सं २०७३ वैशाख ९
• नेपाल सरकारले बौद्धिक सम्पतिको संरक्षणका लागि बौद्धिक सम्पति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालय अन्तरगत स्थापना गर्ने भएको छ ?
– अर्थ मन्त्रालय
• पाटा पर्सनालिटी अफ दि इयर २०१६ अवार्डबाट सम्मानित हुने पर्यटन व्यवसायी को हुन् ?
– मेघ आले
• अरुको जुन व्यवहार आफूलाई मन पर्दैन,त्यस्तो व्यवहार अरु माथि पनि गर्नु हुदैँन भन्ने विचारक को हुन् ?
– कन्फ्युसियस
• वार्षिक घरपरिवार सर्वेक्षण २०७१\७२ अनुसार नेपालमा प्रतिपरिवार वार्षिक औसत खर्च कति रहेको छ ?
– रु दुई लाख ९२ हजार तीन सय १२
• वर्षिक घरपरिवार सर्वेक्षण २०७१\७२ अनुसार आ.व २०७१\७२ मा नेपालको श्रमबजारमा श्रम सहभागिता दर कति रहेको छ ?
– ७७.२ प्रतिशत
• मन्त्रिपरिषद बैठकले नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय कहिले गरेको हो ?
– वि.सं २०७३ वैशाख ७
• हालको मर्यादाक्रम अनुसार शाखा अधिकृतको मर्यादाक्रम कति औं हो ?
– २६ औं
• विश्वको दोस्रो अग्लो हिमशिखर के टु गडविन अस्टिन कुन देशमा पर्दछ ?
– पाकिस्तान – उचाई ८,६११ मिटर
• विश्वको सबैभन्दा लामो नदी नाइल कुन महादेशमा पर्दछ ?
– अफ्रिका
• प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
– प्युटोरिको ट्रेन्च
• कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन के को सहयोग लिइन्छ ?
– देशान्तर रेखा
• १ डिग्री देशान्तर बराबर कति समयको फरक पर्छ ?
– ४ मिनेट
• नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको कति औं स्थानमा पर्छ ?
– ११ औं
• विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ?
– चीन
• संसारमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
– कछुवा
• संसारमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
– कछुवा
• घोडाघोडी ताल कैलाली जिल्लामा पर्दछ भने जाखिरा ताल कहाँ पर्दछ ?
– कपिलबस्तु
• मार्बलका लागि नेपालको प्रसिद्ध ठाउँ कुन हो ?
– गोदावरी
• कुन हावापानीलाई शित मरुभूमि तथा तेस्रो धु्रवको हावापानीका रुपमा लिइन्छ ?
– टुन्ड्रा हावापानी
• नेपालको कस्मिर भनी कुन ठाउँलाई चिनिन्छ ?
– जुम्ला
• नेपालमा हिमरेखाको सबैभन्दा तल्लो भाग कुन हो ?
– रुपीनाला ( गोरखा ४५०० मिटर उचाईमा अवस्थित )
• नेपालमा सबैभन्दा होचो ठाउँमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
– महोत्तरीको जलेश्वर
• नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?
– सोलुखुम्बु
• नेपालबाट भारत र चीन पछि तेस्रो नजिक पर्ने देश कुन हो ?
– बंगलादेश
• टिंकर भञ्ज्याङ्ग दार्चुलामा पर्छ भने चाबुक भञ्ज्याङ्ग कहाँ पर्दछ ?
– ताप्लेजुङ
• रुसमा बोल्सेभिक क्रान्तिको नेतृत्व कसले गरेका थिए ?
– लेनिन
• प्रथम विश्वयुद्धपश्चात राष्ट्रसंघको स्थापना कहिले भयो ?
– सन् १९२० जनवरी १०
• विश्व इतिहासमा गौरवमय क्रान्तिलाई अर्को के नामले पनि चिनिन्छ ?
– रक्तहिन क्रान्ति
• धर्म सुधार आन्दोलनका प्रमुख प्रवर्तक को थिए ?
– मार्टिन लुथर किंग
• एसियाका तारा भनेर कसलाई चिनिन्छ ?
– गौतम बुद्ध
• कान्तिपुरका अन्तिम मल्ला राजा जयप्रकाश मल्ल हुन् भने भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
– रणजित मल्ल
• सन् २०१६ जनवरी १ देखि सन् २०१७ डिसेम्बर ३१ सम्मको अवधिका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी पाँच सदस्यका रुपमा छनौट भएका राष्ट्रहरु कुन कुन हुन् ?
– इजिप्त,उरुग्वे,जापान,युक्रेन र सेनेगल
• विश्व व्यापार संगठनको दशौं मन्त्रिस्तरिय बैठक सन् २०१५ डिसेम्बरमा कहाँ सम्पन्न भयो ?
– नैरोबी (केन्या )
• हाल नेपालमा सबैभन्दा बढी गाविस भएको जिल्ला सप्तरी ( ९१ गाविस ) हो भने सबैभन्दा कम गाविस भएको जिल्ला कुन हो ?
– कञ्चनपुर ( चार )
• क्याराभान फिल्मका प्रमुख अभिनेता थिन्ले लोन्डुपको निधन कहिले भयो ?
– वि.सं २०७३ वैशाख १२
• छालाका लागि प्रसिद्ध स्थान दैलेख हो भने राडीपाखीका लागि प्रसिद्ध स्थन कुन हो ?
– बाग्लुम
• चीन र भारत दुवै देशलाई छुने नेपालका जिल्ला कति छन् र कुन कुन हुन् ?
– दुई ( ताप्लेजुङ,दार्चुला )
• नेपालको चेरापुञ्जी भनी कुन ठाउँलाई चिनिन्छ ?
– कास्कीको लुम्ले
• च्छो रोल्पा हिमताल हुन जिल्लामा रहेको छ ?
– दोलखा
• उच्चस्तरीय प्रशासन सुधार समिति २०६९ कसको अध्यक्षतामा गठन भएको हो ?
– काशीराज दाहाल
• सन् २०१६ फ्रेबुअरीमा सम्पन्न १२ औं साग खेलकुद प्रतियोगिताको मस्कट के रहेको थियो ?
– तिखोर
• विश्वमा नै सबैभन्दा सानो लालीगुराँस फूल कहाँ पाइन्छ ?
– रारा ताल
• सन् २०१६ अप्रिलमा किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको आईसीसी वल्ड क्रिकेट लिग अन्तरगतको दुवै खेलमा जित हासिल गर्ने देश कुन हो ?
– नेपाल
• छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ ?
– सूर्य
• इसाई धर्मलाई अर्को कुन नामले चिनिन्छ ?
– क्रिश्चियन
• महाभारतको युद्ध भएको ठाउँलाई के भनिन्छ ?
– कुरुक्षेत्र
• पितृलाई तर्पण दिन प्रयोग गरिने गैंडाको खागबाट बनेको भाँडोलाई के भनिन्छ ?
– खगौंतो
• चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा छ ?
– चेपाङ्ग
• मेचे जातीलाई अर्को के नामले चिनिन्छ ?
– बोडो
• भारतपछि दक्षिण एसियामा सबैभन्द बढी भाषा भएको देश कुन हो ?
– नेपाल
• भारोपेली पछिको सबैभन्दा ठूलो भाषा परिवार कुन हो ?
– भोटबर्मेली
• नेपालमा आग्नेय परिवारअन्र्तगत बोलिने भाषा कुन हो ?
– सतार
• आयमेली कवि भनेर कसलाई चिनिन्छ ?
– तिलबिक्रम नेम्वाङ्ग
• नेपालको सर्वोच्च मानपदवी कुन हो ?
– नेपाल रत्न
• मिसाईल म्यान उपनामबाट चिनिने भारतका राष्ट्रपति को हुन् ?
– एपिजे अब्दुल कलाम
मिति २०७३ वैशाख २२ गते बुधबार गोरखापत्र दैनिकमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु !!!
• नेपाल पत्रकारमहासंघद्धारा स्थापित एक लाख राशीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ?
– बरिष्ट कार्टुनिष्ट दुर्गाप्रसाद बराल
• दक्षिण एसियाली शरणार्थी सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
– काठमाडौं मिति २०७३ वैशाख २० देखि २१
• गोरखाको बारपाकमा भुकम्प स्मृति उद्यानको शिलान्यास कहिले गरियो ?
– वि.सं २०७३ बैशाख १२
• हालै सबभन्दा कम बलमा शतक प्रहार गरी नयाँ रेकर्ड बनाउन सफल क्रिकेटर को हुन् ?
– ट्रिनिडाड एण्ड टोवागोका ब्याट्सम्यान इराक थोमस
• नेपालको सबैभन्दा कम उचाईमा रहेको नगरपालिका कुन हो ?
– जलेश्वर
• विश्व सिमसार दिवश कहिले मनाईन्छ ?
– फ्रेबुअरी २
• समुद्रको पानीको स्वाद कस्तो हुन्छ ?
– नुनिलो
• युरोपको सबैभन्दा ठूलो र लामो नदी कुन हो ?
– भोल्गा
• विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो ?
– थ्री गर्जेज – चीन )
• विश्वको सबैभन्दा ठूलो टापु कुन हो ?
– ग्रिनल्याण्ड
• सक्छौ भने सधैँ हाँस । हाँसो नै सबैभन्दा सस्तो र उपयोगी औषधी हो भन्ने बिचारक को हुन् ?
– लर्ड बाइरन, अग्रेजी कवि
• लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्नुअघि अंश छुट्याईदिनु पर्ने कानुनी व्यवस्था कहिलेदेखि लागु भएको हो ?
– वि.सं २०५९ असोज १०
• नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाउने गरिन्छ ?
– मे २
• प्रशान्त महासागरमा एल निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाईन्छ ?
– मनसुन कमजोर भई न्यून बर्षा हुने
• अन्तराष्ट्रिय श्रमिक दिवस कहिले मनाउने गरिन्छ ?
– मे १
• उष्ण वा शीत प्रदेशको शुष्क हावापानी भएको क्षेत्रलाई के भनि चिनिन्छ ?
– • मरुभूमी
हालै संयुक्त राष्ट्रसंघिय नायब महासचिव जन केन्नेथ इलिएसन तिन दिने नेपाल भ्रमणका सन्र्दभमा कहिले काठमाडौं आए ?
– वि.सं २०७३ वैशाख १८
• अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ माथी निलम्बनको कारबाही गर्ने निर्णय कहिले गर्यो ?
– वि.सं २०७३ वैशाख १३
• दुई देशको राष्ट्रिय गान रचना गर्ने प्रसिद्ध कवि को हुन् ?
– रविन्द्रनाथ टेगोर
• विश्वकै सबैभन्दा सानो राष्ट्र कुन हो ?
– भ्याटिकन सिटी
• सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
– ब्रम्हाण्ड बर्ष
• जितगढी रुपन्देहीमा पर्दछ भने अमरगढी कहा पर्दछ ?
– डडेल्धुरा
• इतिहास शिरोमणि उपाधिबाट सम्मानित हुने इतिहासविद् को हुन् ?
– बाबुराम आर्चाय
• नेपाल कहिले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
– वि.सं २०६८ जेठ ३१
• सन् १९१२ मा टाइटनिक नामक जहाज कुन महासागरमा डुबेको थियो ?
– आन्ध्र महासागर
• सबैभन्दा पछि घोषणा भएका नेपालका राष्ट्रिय विभूति को हुन् ?
– महागुरु फाल्गुनन्द
• बोस्टन टि पार्टी केसँग सम्बन्धित छ ?
– अमेरिकी स्वतन्त्रता संग्राम
• सरकार प्रमुखका रुपमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?
– बि.पी कोइराला
• विश्वको पहिलो राष्ट्रिय गान कुन हो ?
– जापानको किमिगायो
• मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ?
– पारिजात
• नेपालको पहिलो सिनेमा हल कुन हो ?
– मदन जनसेवा सिनेमा हल
• नेपाल चलचित्र संस्थानद्धारा निर्मित पहिलो चलचित्र कुन हो ?
– मनको बाँध
• अन्तराष्ट्रिय मुद्राकोषको पहिलो महिला प्रमुख को हुन् ?
– क्रिस्टिना लेगार्ड
• सेतो बाघ र बसन्ती उपन्यासका लेखक को हुन् ?
– डायमन शमशेर राणा
• प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय प्रमुख को हुन्छ ?
– मुख्य सचिव
• काठमाडौं महानगरपालिका भित्र घुम्ती शौचालयको सुरुवात कहिले भएको हो ?
– वि.सं २०६५ चैत्र २३
• म तिम्रा बिचारसँग असहमत छु तर तिमीले आफ्ना बिचार राख्न पाउनुपर्छ ,भन्ने पक्षमा जीवनभर लडिरहनेछु भन्ने विचारक को हुन् ?
– जिन ज्याक रुसो
• विश्व व्यापार संगठनको दशौं मन्त्रिस्तरीय बैठक कहाँ सम्पन्न भयो ?
– केन्याको नैरोबी सन् २०१५ डिसेम्बर १५ देखि १९
• नेपालमा पहिलो पटक गिद्ध महोत्सव कहिले र कहाँ आयोजना गरियो ?
– वि.सं २०६७ असोज १० , नवलपरासीको तिलकपुर
• नेपाल सरकारले नेपालको मध्यपश्चिम एवं सुदुरपश्चिमको विभिन्न जिल्लामा रहेको हलिया प्रथा उन्मूलन गर्ने निर्णय कहिले गरियो ?
– वि.सं २०६५ भदौ २१
• नेपालको संविधान २०७२ को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?
– धारा ३१
• नेपालको बर्तमान संविधान अनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था छ ?
– आधारभूत तह
• माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
– शिक्षा सचिव
• एसएलसी परीक्षामा कक्षा १० को पाठ्यक्रमबाट मात्र प्रश्न सोध्ने व्यवस्था कहिलेदेखि गरियो ?
– वि.सं २०६३
• राष्ट्रिय शिक्षा पद्धतीको योजना,२०२८ पहिलो चरणमा कुन कुन जिल्लामा लागू गरियो ?
– चितवन र कास्की
• वि.सं २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता दर कति रहको छ ?
– ६५.९ प्रतिशत
• जिल्ला शिक्षा कार्यालयको विस्तारित अंग कुन हो ?
– स्रोत केन्द्र
• सर्वप्रथम खुल्ला विश्व विद्यालयको अवधारणा कहाँबाट सुरु भएको हो ?
– बेलायत
• अक्षय तृतिया कहिले पर्छ ?
– बैशाख शुक्ल तृतीया
• बाणिज्य को खैरो कागज भनी कुन नगदेबालीलाई चिनिन्छ ?
– सनपाट
• चाणक्य कुन राजाका पालामा प्रधानमन्त्री भएका थिए ?
– चन्द्रगुप्त मौर्य
• नेपाली साहित्यका त्रिमूर्ती भनि चिनिने साहित्यकार को को हुन् ?
– लक्ष्मीप्रसाद देवकोटा,लेखनाथ पौडेल र बालकृष्ण सम
• महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन प्रधानमन्त्रीको पालामा शिक्षामन्त्री भएका थिए ?
– डा.के.आई.सिंह
• CERID को पुरा रुप कुन हो ?
– Research Centre For Educational Innovation and Development
• पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भएको हो ?
– वि.सं २०२८ भदौं ५
मिति २०७३ वैशाख २९ गते बुधबार गोरखापत्र दैनिकमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु !!!
संकलन : Kamal Prasad Marasini @[100007384394013:]
• जलवायु परिवर्तनको अनुकूलनमा नविनतम समाधानका कार्यक्रमलाई प्रर्वद्धन गर्ने उद्येश्यले सन् २०१६ अप्रिलमा घोषणा गरिएको पुरस्कार कुन हो ?
– अनुकुलन व्यापकता प्रर्वद्धन पुरस्कार
वि.सं २०७३ वैशाख ३० र ३१ मा काठमाडौंमा आयोजित सार्क सम्मेलन कतिऔं संस्करण हो ?
– तेस्रो
विश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाईन्छ ?
– मे ३
• सरकारले खाडी मुलुकमा घरेलु महिला कामदार पठाउन कति बर्षको उमेर हकबन्दी सहित पुनः फुकुवा गरेको छ ?
– २४ बर्ष
• संयुक्त राष्ट्रसंघद्धारा सन् २०१५ लाई कुन बर्षका रुपमा मनाईयो ?
– अन्तराष्ट्रिय माटो दिवस
• नेपालको संविधान(२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
– धारा १८ ( ४)
• मौसमको सूचना तत्कालै अद्यावधिक गर्न तथा मौसमसम्बन्धी भविष्यवाणीलाई थप प्रभावकारी बनाउन नेपालमा पहिलोपटक अत्याधुनिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?
– बिरेन्द्रनगर (सुर्खेत )
• सन् २०१६ अप्रिलमा प्रदान गरिएको साफा अवार्ड प्राप्त गर्ने नेपाली बैक कुन हो ?
– नबिल बैंक लिमिटेड
• पुष्पलाल स्मृति प्रतिष्ठानद्धारा २०७३ बैशाखमा प्रदान गरिएको पुष्पलाल राष्ट्रिय पुरस्कारबकाट सम्मानित हुने व्यक्तित्व को को हुन ?
– सिन्धुपाल्चोकका हर्ष स्याङ्वो,स्याङ्जाका गोपीरमण उपाध्यक्ष र पर्साका प्राध्यापक शम्भुप्रसाद पटेल
• नेपाल सरकारले २०७२ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार कसलाई प्रदान गर्यो ?
– पत्रकार किशोर श्रेष्ठ
• केन्द्रिय तथ्यांक विभागद्धारा वि.सं २०७३ वैशाख २१ मा सार्वजनिक तथ्यांक अनुसार आ.व २०७२\७३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने उल्लेख छ ?
– ०.७७ प्रतिशत
• केन्द्रीय तथ्यांक विभागका अनुसार आ.व २०७२\७३ मा नेपालीको प्रतिव्यक्ति आय कति कायम हुने उल्लेख छ ?
– रु ८०,९८१
• संयुक्त राष्ट्रसंघद्धारा बालअधिकार महासन्धी कहिले पारित गरिएको हो ?
– सन् १९८९
• बुध ग्रहपछि सूर्यबाट दोस्रो नजिकमा रहेको ग्रह कुन हो ?
– शुक्र
• पृथ्वीको एकमात्र उपग्रहको नाम के हो ?
– चन्द्रमा
• विश्वमा सबैभन्दा बढी कफि उत्पादन गर्ने देश कुन हो ?
– ब्राजिल
• रोटीको बास्केट भनी चिनिने युरोपेली राष्ट्र कुन हो ?
– युक्रेन
• स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्येश्यका साथ ट्राफिक मोबाईल एपको शुभारम्भ कहिले गरियो ?
– वि.सं २०७३ वैशाख २०
• ग्रिनविच मिनटाइम भन्दा नेपालको समय कति चलाख रहेको छ ?
– ५ घन्टा ४५ मिनेट
• दुई नदी मिल्ने स्थानलाई दोभान भनिन्छ भने तिन नदी मिल्ने स्थानलाई के भनिन्छ ?
– त्रिवेणी
• कुन जलवायुलाई ग्रिष्म झरी जलवायु पनि भनिन्छ ?
– उष्ण मौसमी जलवायु
• विश्वको सबैभन्दा ठूलो प्राणी कुन हो ?
– ब्ल्यू ह्वेल
• कम्बोडियाको पुरानो नाम के हो ?
– कम्पुचिया
• समुद्रसँग नजोडिएका राष्ट्रलाई के भनिन्छ ?
– भूपरिबेष्ठित राष्ट्र
• कल्छुमन ताल गोरखा जिल्लामा रहेको छ भने सत्यवती ताल कहाँ रहेको छ ?
– पाल्पा
• आर्थिक बर्ष २०७३ \७४ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा कहिले प्रस्तुत भयो ?
– वि.सं २०७३ वैशाख २६
• मधुपर्क सम्मान २०७३ बाट कसलाई सम्मानित गरिनेभएको छ ?
– साहित्यकारद्धय शैलेन्द्र साकार र भुवन ढुंगाना
• जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार २०७२ बाट कसलाई सम्मानित गरिने भएको छ ?
– कमलप्रसाद रिजाल र भगिरथ बस्नेत
• नेपालको कुन हिमाललाई लेडिज पिक उपनामले चिनिन्छ ?
– अमादब्लम
• नेपालको सबैभन्दा जाडो हुने ठाउँ कहाँ पर्छ ?
– मुस्ताङ
• प्रसिद्ध तिर्थस्थल स्वर्गद्धारी प्युठानमा पर्दछ भने कागबेनी कहाँ पर्दछ ?
– मुस्ताङ
• विश्वमा सबभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो ?
– जापान
• सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन् ?
– मानदेव
• नेपालको इतिहासमा आर्दश शासकका रुपमा चिनिने राजाको हुन् ?
– अशुवर्मा
• राणाहरुलाई ए,बी ,सी क्लासमा विभाजन गर्ने राणा प्रधानमन्त्री को हुन् ?
– चन्द्र शमशेर
• नेपालका कुन सहिदलाई सहिद माइला उपनामले चिनिन्छ ?
– दशरथ चन्द्र
• द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?
– वि.सं १६१६ भदौं २५
• काठमाडौंस्थित संस्कृत छात्रवासका विद्यार्थीद्धारा जयतु संस्कृतम आन्दोलनको सुरुवात कहिले भएको थियो ?
– वि.सं २००४ असार १
• शिख धर्मको धर्मग्रन्थलाई के भनिन्छ ?
– गुरु ग्रन्थ साहिब
• कुन देवतालाई पारसनाथ भनिन्छ ?
– पशुपतिनाथ
• नेपाली नाट्य जगतका शेक्सपियर भनी कसलाई चिनिन्छ ?
– बालकृष्ण समय
• हाल विश्वमा सबैभन्दा बढी केरा उत्पादन गर्ने देश कुन हो ?
– भारत
• चामलले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ ?
– ब्रेथ लाईजर
• नेपालमा बर्षेनी कुन दरले तापक्रम बढेको अनुमान छ ?
– ०.०६ डिग्री सेल्सियस
• सार्क जापान बिशेष कोष को स्थापना कहिले भएको हो ?
– सन् १९९३ सेप्टेम्बर २७
• हाल युरोपेली संघका सदस्य राष्ट्र कति रहेका छन् ?
– २८
• अनुसाशन ,लक्ष्य र सफलताबीचको पुल हो भन्ने भनाई कसको हो ?
– जिम रोन
स्रोत : मेगेन्द्र न्यौपाने
कृपया अन्य लोकसेवा प्रश्नोत्तरहरुको लागि फेसबुकमा Kamal Prasad Marasini ( @[100007384394013:] )
तथा पेज Public Service Commission ( @[645381262247991:] )मा जोडिनुहोला ।
No comments:
Post a Comment