निमावि /आधारभूत तह(१-८) परीक्षा तयारीको लागि नमूना प्रश्नोत्तर !!!
=========================
१• शिक्षक सेवा आयोग नियमावली २०५७, शिक्षा ऐन २०२८ (संशोधनसहित) को कुन दफाले दिएको अधिकार प्रयोग
गरी नेपाल सरकारले बनाएको हो ?
> दफा १९
२• शिक्षा ऐन २०२८ (संशोधनसहित) मा गाउँ शिक्षा समितिको अध्यक्षमा को रहने व्यवस्था गरिएको छ ?
> गाउँ विकास समितिको अध्यक्ष वा अध्यक्षको काम गर्न तोकिएको
व्यक्ति
३• राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै
कुराको आधारमा भेदभाव गरिनेछैन– भनी नेपालको
अन्तरिम संविधान २०६३ को कुन मौलिक हकमा भनिएको छ ?
> समानताको हक
४• कुनै प्राथमिक तहको शिक्षक २५ वर्ष सेवा अवधि पूरा
गरी अवकाश हुँदा निजको आखिरी महिनाको
तलब भत्ता रु १८,००० रहेछ भने उसको मासिक निवृतिभरणको
रकम कति हुन आउछ ?
> रु ९,०००
५• विद्यालय व्यवस्थापन समितिको अध्यक्षको
राजीनामा कसले स्वीकृत गर्दछ ?
> सम्बन्धित जिल्ला शिक्षा समितिले
६• शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक
विद्यालयमा नेपाल सरकारबाट स्वीकृत
दरबन्दीमा खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने शिक्षक
दरबन्दीमध्ये ४५ प्रतिशत पद समावेशी
समूहका लागि छुट्याइएकामा सोको कति प्रतिशत महिलाका लागि
छुट्याइएको हुन्छ ?
> ३३ प्रतिशत
७• सार्वजनिक शैक्षिक गुठीका रुपमा सञ्चालित
विद्यालयले उत्तराधिकारी तोक्दा कुन निकायबाट
स्वीकृत लिनुपर्ने व्यवस्था छ ?
> शिक्षा मन्त्रालय
८• तलका मध्ये कुन क्षेत्रमा घुम्ती विद्यालय
बढी आवश्यक हुन्छ ?
> भौगोलिक रुपमा विकट हिमाली क्षेत्रमा
९• शिक्षक सेवा आयोगमा लिइने प्रतियोगितात्मक
परीक्षाका लागि अन्तर्वार्ताको पूर्णांक कति हो ?
> २५ अङ्क
१०• मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था गर्ने
सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित) मा भएको प्रावधान
तलका मध्ये कुनचाहि हो ?
> प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ
११• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) ले प्राथमिक
तहको कुल भर्नादर कति पुर्याउने लक्ष्य राखेको छ ?
> १०४
१२• शैक्षिक प्रणालीमा निर्णयात्मक मूल्यांकनको
प्रमुख उद्देश्य कुन हो ?
> विद्यार्थीको शैक्षिक उपलब्धिको
प्रमाणीकरण गर्नु
१३• प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले कक्षा १–३ को गणित
विषयलाई कुल पाठ्यभारको कति भार छुट्याइएको छ ?
> ६
१४• विद्यालयमा वार्षिक शैक्षणिक योजना निर्माण गर्ने मुख्य
जिम्मेवारी कसको हो ?
> शिक्षक
१५• तल दिइएकामध्ये आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम
(१९९९–२००४) को उद्देश्य कुन रहेको छ ?
> शिक्षामा पहँुच बढाउने
१६• राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८–२०३२) मा निर्धारित
विद्यालय तहको शिक्षाको संरचना तलकामध्ये कुनचाहिं हो ?
> ३+४+३
१७• स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको
उपयुक्त क्रम तलकामध्ये कुन हो ?
> आवश्यकता पहिचान, उद्देश्य निर्धारण, विषयवस्त’ छनोट,
सिकाइ उपलब्धी निर्धारण, शिक्षण प्रक्रिया,
विद्यार्थी मूल्यांकन
१८• तल दिइएका मध्ये कुनचाहिं नेपालको प्राथमिक शिक्षाको
उद्देश्य हो ?
आधारभूत भाषिक तथा गणितीय सीप विकास
गर्नु
१९• प्राथमिक तहमा बहुकक्षा शिक्षण भन्नाले तलकामध्ये कुन
हो ?
> एकै शिक्षकबाट एकभन्दा बढी कक्षामा एउटै
समयमा शिक्षण गर्ने तरिका
२०• मानव विकासका चरणहरुमध्ये पूर्ववाल्यवस्था भन्नाले
तलकामध्ये कुन अवस्थालाई बुझाउँछ ?
> २ वर्षदेखि ६ वर्षसम्म
==========================
निमावि /आधारभूत तह(१-८) परीक्षा तयारी # नमूना_प्रश्नोत्तर_२
===================-=======
१) खुला विश्व विद्यालयको प्रारम्भ कहिले र कहाँ बाट भएको थियो?
- सन् १९६९, बेलायत
२) curriculum शब्दलाई पहिलो पटक प्रयोग गर्ने को हुन?
- वविट ( Bobbitt)
३) उपत्यका बाहिर पहिलो एस. एल. सी. केन्द्र कहाँ
खुलेको थियो?
- वि. स. २००१ साल, विरगन्ज
४) बाल अधिकार सम्बन्धि महासन्धिमा नेपालले कहिले हस्ताक्षर
गर्यो?
- सन् १९९० सेप्टेम्बर १४
५) नेपालमा भाषा पाठशालाको लागि लेखिएको पहिलो पाठ्यपुस्तक कुन
थियो?
- अक्षराङ्क शिक्षा
६) कुन शिक्षालाई "पिढी शिक्षा " उपनामले चिनिन्छ?
- संस्कृत शिक्षा
७) संस्कृत शिक्षा हेर्ने पहिलो डाइरेक्टर को थिए?
- हेमराज पाण्डे
८) नेपालमा शिक्षक तालिमलाई कुन योजनाले अनिवार्य गरेको हो?
- राशिपयो २०२८
९) लिंगभेद भन्नाले के बुझिन्छ?
- स्त्री र पुरुष विचको प्राकृतिक वा जैविक भिन्नता
१०) समाहित शिक्षा कार्यक्रम सुरु गरिएको पहिलो जिल्ला कुन हो?
- बाँके
११) शिक्षकहरुलाई तालिमका लागि छनोट गर्ने काम कसले गर्छ?
- वि. व्य. स.
१२) "बालकको घर" र "इन्द्रिय तालिमको " अवधारणा को संग
संबन्धित छ?
- मेरिया मोन्टेस्वरी
१३) " गुञ्ज सत्र " कुन विधि अन्तर्गत पर्दछ? - छलफल विधि
१४) प्रदर्शन विधिको पहिलो चरणमा के गरिन्छ?
- विषयवस्तु छनोट
१५) नवजात शिशुको उचाइ कति हुन्छ?
- २० इन्च
१६) व्यावहारिक मनोविज्ञानका जन्मदाता को हुन?
- थर्नडाइक
१७) बालकमा सबैभन्दा पहिले कुन संवेग देखा पर्दछ?
- डर
१८) " सफल प्रतिक्रिया दोहोरिन्छन्, गलत प्रतिक्रिया हट्दछ " यो
भनाइ कुन सिद्धान्त सँग सम्बन्धित छ?
- प्रयत्न र भूलद्वारा सिकाइ
१९) निरन्तर विधार्थी मूल्यांकन के संग सम्बन्धित छ?
- उदार कक्षोन्नति
२०) सार्क राष्ट्रहरु मध्ये न्युन साक्षरता भएको देश कुन हो ?
- अफगानिस्तान
========================
अाधारभुत तहको तयारीको लागि
बहुबैकल्पिक प्रश्नहरू !!!
=======================-
१. नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यमध्ये तलको
कुनचाही पर्दैन ?
(क) सार्वभौम मानवीय मुल्य, राष्ट्रिय तथा सामाजिक
मान्यता र अनास्थाहरुको सम्बद्र्धन
(ख) समाजको आधुनिकीकरण र मानव संशाधनको विकास
(ग) शिक्षाको विकेन्द्रीकण र मानव संशाधनको विकास
(घ) सामञ्जस्यपूर्ण जीवन यापन
२. दरबार स्कूलका प्रथम प्रधानाध्यापक को थिए ?
(क) _ Mr. Hudson (ख) Mr. Canning
(ग) Mr. Ross (घ) Mr. Perking
३. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ अनुसार माध्यमिक
शिक्षा कति वर्षको हुनुपर्ने उल्लेख छ ?
(क) २ वर्ष (ख) ३ वर्ष
(ग) ४ वर्ष (घ) ५ वर्ष
४. रा.शि.प.यो. २०२८ ले विद्यालय तहको संगठन कस्तो हुनुपर्ने
प्रस्ताव गरेको थियो ?
(क) ३+५+२ (ख) ५+३+२
(ग) ३+४+३ (घ) ५+२+३
५. राष्ट्रिय शिक्षा आयोग, २०४९ को प्रतिवेदनमा माध्यमिक तहको
पूर्णाङ्क कति प्रस्ताव गरिएको छ ?
(क) ५००+१०० (ख) ६००+१००
(ग) ७००+१०० (घ) ८००+१००
६. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५ को
प्रतिवेदनले माध्यमिक तहको संरचनामा तलकामध्ये कुन
चाहीलाई प्रस्तावित गरेको छ ?
(क) ६–७, ८–१०, ११–१२ (ख) ६–८, ९–१२
(ग) ६–८, ९–१०, ११–१२ (घ) ६–१२
७. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ अनुसार नेपालको विद्यालय
शिक्षाको तह र अवधि कुन हो ?
(क) तह दुई र अवधि १० वर्ष (ख) तह दुई र अवधि १२ वर्ष
(ग) तह तीन र अवधि १२ वर्ष (घ) तह
तीन र अवधि १३ वर्ष
८. माध्यमिक शिक्षा सहयोग कार्यक्रमको लागि ब्म्द्य को सहयोग
राशी कति प्रतिशत छ ?
(क) ४५% (ख) ४३%
(ग) ४०% (घ) २०%
९ EFA (२००४–२००९) मा समष्टिगत रुपमा कार्यक्रमको
व्यवस्थापन अनुगम तथा संयोजनको काम गर्न तय गरिएको
कार्यक्रम तथा वस्थापन समिति (PMC) को अध्यक्षता कसले
गर्ने उल्लेख छ ?
(क) मन्त्री, शिक्षा तथा खेलकुद (ख)
राज्यमन्त्री, शिक्षा तथा खेलकुद
(ग) सचिव, शिक्षा तथा खेलकुद (घ) सह–सचिव, योजना महाशाखा
शिक्षा तथा खेलकुद
१०. किशोरावस्थाका विशेषतामा तलकामध्ये कुन पर्दैन ?
(क) परिवर्तनका अवस्था (ख) डरपोक अवस्था
(ग) समूह निर्मणको अवस्था (घ) दोधारको अवस्था
११. नेपालको अन्तरिक संविधान, २०६३ अनुसार मन्त्रिपरिषद्को
गठन कसरी गरिने प्रावधान छ ?
(क) आठ दलीय सहमतीका आधारमा
प्रधानमन्त्री र निजको अध्यक्षतामा
(ख) सर्वसम्मतीका आधारमा
प्रधानमन्त्री र निजको अध्यक्षतामा
(ग) राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्री र
निजको अध्यक्षतामा
(घ) निर्वाचनमा बहुमत प्राप्त संसदीय दलको नेतालाई
प्रधानमन्त्री बनाइ उसको अध्यक्षतामा
१२. नेपालको अन्तरिक संविधान, २०६३ अनुसार सर्वोच्च अदालतमा
प्रधान न्यायधिशका अतरिक्त बढीमा कतिजना अन्य
न्यायधिश रहन्छन् ?
(क) १३ (ख) १४
(ग) १५ (घ) १६
१३. शिक्षा ऐन, २०२८ अनुसार ग्रामीण शिक्षा विकास
कोषको अध्यक्ष को रहन्छ ?
(क) शिक्षा तथा खेलकुद मन्त्री (ख) शिक्षा तथा
खेलकुद मन्त्रालयको सचिव
(ग) शिक्षा विभागको महानिर्देशक (घ) शिक्षक सेवा आयोगको
अध्यक्ष
१४. माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति विघटन
गर्न सक्ने अधिकार शिक्षा ऐन, २०२८ अनुसार कसलाई छ ?
(क) जिल्ला शिक्षा समिति (ख) जिल्ला शिक्षा अधिकारी
(ग) क्षेत्रीय शिक्षा निर्देशक (घ) जिल्ला विकास
समिति
१५. शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष
बन्न कतिवर्ष उमेर पूरा भएको हुनुपर्छ ?
(क) ३० वर्ष (ख) ३५ वर्ष
(ग) ४० वर्ष (घ) ४५ वर्ष
१६. शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत
विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र
अधिकारमा तलकामध्ये कुन पर्दैन ?
(क) विद्यार्थीहरुलाई परीक्षामा सामेल
गराउने ।
(ख) विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई
आवश्यक सुविधा उपलव्ध गराउने ।
(ग) विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको
रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने ।
(घ) शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा र
सम्बद्र्धन गर्ने ।
१७. शिक्षा नियमावली, २०५९ अनुसार सरकारबाट
स्वीकृत भएको दरबन्दीको शिक्षक पद
रिक्त हुन आएमा स्थायी पूर्तिका लागि पद रिक्त भएका
मितिले १५ दिनभित्र जि.शि.का.मा लेखी पठाउने कर्तव्य
कस्को हो ?
(क) सम्बन्धित प्रधानाध्यापक (ख) सम्बन्धित विद्यालय
निरीक्षक
(ग) सम्बन्धित गा.वि.स.÷न.पा. (घ) सम्बन्धित विद्यालय
व्यवस्थापन समिति
१८. शिक्षा नियमावली अनुसार तलकामध्ये
कुनचाही जिल्ला शिक्षा समितिको काम, कर्तव्य र
अधिकार हो ?
(क) विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र
व्यवस्थापन गर्ने ।
(ख) जि.शि.का.ले दिएको निर्देशन अनुसार काम गर्ने ।
(ग) विद्यालय बन्द गर्ने सम्बनधमा स्वीकृति दिने ।
(घ) शिक्षकहरुको अभिलेख अद्यावधिक गराइ राख्ने ।
१९. सामुदायिक विद्यालयको माध्यमिक शिक्षकको सेवामा बहाल छँदै
मृत्यु भएमा विमा वापत कति रकम
उपलव्ध गराउने व्यवस्था शिक्षा नियमावली छ ?
(क) १५,००० (ख) २०,०००
(ग) २५,००० (घ) ३०,०००
२०. शिक्षक सेवा आयोग नियमावली अनुसार माध्यमिक
तहको प्रथम श्रेणीको रिक्त पदपूर्ति गर्ने कति
प्रतिशत का.स.मू.को आधारमा बढुवा गरिन्छ ?
(क) २५% (ख) ५०%
(ग) ६०% (घ) ७५%
उत्तरकुञ्जिका
१. ग २. ख ३. क ४. ग ५. ग ६. ग ७. ख ८. ग ९. घ १०. ग
११. ग १२. ख १३. ख १४. ग १५. ग १६. ग १७. घ १८. ग
१९. घ २०. घ
No comments:
Post a Comment