Wednesday, 19 August 2015

नेविप्रा मिटर रिडर तेस्रो तह २०७२ का केही प्रश्नहरु !!!

1. नेपालको कुल क्षेत्रफल कति रहेको छ ?
– १,४७,१८१ वर्ग किमी
2. शेफोक्सुन्डो ताल कुन जिल्लामा पर्दछ ?
– डोल्पा
3. हलेसी महादेवको मन्दिर कुन जिल्लामा पर्दछ ?
– खोटाङ
4. कुमारी बनाइ पूजागर्ने चलन कसले चलाएका हुन ?
– गुणकामदेव
5. नासल चोक कहाँ पर्दछ ?
– हनुमान ढोका
6. कालिकागण्डकी ए जलविद्युत आयोजनाको उत्पादन क्षमता कती रहेको छ ?
– १४४ मेघावाट
7. निर्मानाधिन सबैभन्दा ठुलो जलविद्युत आयोजना कुन हो ?
– माथिल्लो तामाकोशी
8. माथिल्लो त्रिशुली जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
– नुवाकोट
9. निजामती कर्मचारी अस्पातल कुन देशको सहयोगमा निर्माण भएको हो ?
– चिन
10. धुलिखेल्-वर्दिवास राजामार्ग कुन देशको सहयोगमा बनेको हो ?
- जापान
11. ‘अन्तर्मनको यात्रा’ कृतिका लेखक को हुन ?
– जगदिश घिमिरे
12. नेपालको सबैभन्दा जेठो बैंक कुन हो ?
– नेपाल बैंक लिमिटेड
13. सेतोबाघ कृतिका लेखक को हुन ?
– डायमण्ड समशेर राणा
14. राणा विरुद्ध खोलिएको पहिलो संस्था कुन हो ?
– प्रचन्ड गोर्खा
15. पुरातात्विक संग्राहलय कहाँ रहेको छ ?
– कपिलवस्तु
16. नेपालको राष्ट्रियगान का रचयिता को हुन ?
– व्याकुल माइला
17. नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ ?
– जेठ १५

No comments:

Post a Comment