१. तिलिचो ताल
विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल ४९१९ मिटरकोउचाइमा फाक्चे हिमालको काखमा रहेको छ । यो मनोरम ताल मुस्ताङकोसाँघमा अन्नपूर्ण हिमालको उत्तरी भेक मनाङ जिल्लामा पर्दछ । यो तालकोलम्बाइ करिब ४ कि.मि. तथा चौडाइ १.२ कि.मि. छ । यो तालको गहिराइ करिब२०० मिटर जति रहेको छ । यस ताललाई तिरि–चो वा तिलिजो पनि भनिन्छ । यसतालको उत्तरतिर निलगिरी र दक्षिणतर्फ अन्नपूर्ण हिमालय पर्दछ । हिउँ,जल तथाढुङ्गाको सौन्दर्यमा खुलेको हुनाले यो ताल अति नै मनमोहक छ ।
२. रारा ताल
मुगु जिल्लामा अवस्थित यो ताल नेपालको सबैभन्दा ठूलो तालको रूपमा प्रसिद्धछ । यसको लम्बाइ ५.२ कि.मि.,चौडाइ २.४ कि.मि. र गहिराइ १६७ मिटर छ ।यो समुन्द्र सतहदेखि ३२०० मिटर उचाइमा रहेको छ र यसलाई महेन्द ्रताल पनिभनिन्छ । यो ताल अति रमणीय छ ।
३. फोक्सुण्डो ताल
फोक्सुण्डो ताल कर्णाली अञ्चलको डोल्पा जिल्लामा अवस्थित छ । कान्जिरोवाहिमालको दक्षिण फेद तथा भेरीको मुख्य शाखा जगदूल्ला खोलाको शिरानकागमारा लेकको काखमा अवस्थित फोक्सुण्डो ताल समुद्र सहतदेखि करिब३६१३ मिटरको उचाइमा अवस्थित छ । यो ताल उत्तर दक्षिणतर्फ लामो एवंपूर्वपश्चिमतर्फ चौडा देखिन्छ । यो तालको लम्बाइ करिब ४.८२ कि.मि. तथाचौडाइ १.६१ कि.मि. रहेको छ । यस तालको स्थानीय नाम‘रिग्मो’हो । यो तालतीनकुने लाम्चो आकारको छ । यो ताल रारा ताल पछिको दोस्रो ठूलो र मुलुककोसबैभन्दा गहिरो ताल हो जसको गहिराइ करीब ६५० मिटर रहेको अनुमान गरिएकोछ । यो तालको पानी अत्यन्तै चिसो भएको कारणले गर्दा यस तालमा कुनैकिसिमका जीवात्मा पाइँदैनन् । यस तालको निकासको रूपमा रहेको सुलीगडखोलामा करिब १७६ मिटरको झरना पनि बनाएको छ ।
४. फेवा ताल
कास्की जिल्लाको पोखरामा रहेको फेवातालको लम्बाइ ४.८ कि.मि.,चौडाइ १.५कि.मि.र गहिराइ २४ मि. रहेको छ । यो तालमा माछापुच्छे«को छायाँ देखिने हुनालेबडो मनमोहक हुनाको साथै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ ।
५. च्छो रोल्पा ताल
यो ताल दोलखा जिल्लामा पर्दछ । यो समुन्द्र सतहदेखि ४,५८० मिटरको उचाइमाअवस्थित छ । यस तालको लम्बाइ ३ कि.मि.,चौडाइ ०.५ कि.मि.र गहिराई १००मिटर रहेको छ । यो तालमा करिव ८ करोड घनमिटर पानी रहेको अनुमान छ ।विस्फोटन हुने खतरामा रहेको यस ताललाई विस्फोटनबाट बचाउन पानी बाहिरनिकाल्न साइफन जडान गरिएको छ ।
६. रानी पोखरी
राजा प्रताप मल्लले पुत्र शोकले पीडित आफ्नी रानी अनन्तप्रियालाई सान्त्वनादिलाउनका लागि रानी पोखरीको निर्माण गरेका थिए । यो पोखरीको लम्बाइ१८० मिटर,चौडाइ १४० मिटर र क्षेत्रफल झण्डै ३२ रोपनी छ । यस पोखरीकोउत्तरपूर्व र उत्तरपश्चिम कुनामा भैरव,दक्षिणपूर्व कुनामा महालक्ष्मी र दक्षिणपश्चिमकुनामा सोह्रहाते गणेश स्थापना गरिएको छ ।
७. बेगनास ताल
रूपातालसँगै पचभैया डाँडाको अर्को पाखामा बेगनास ताल रहेको छ । समुद्रीसतहबाट ६७७ मिटर उचाइमा अवस्थित ७.५ मि. गहिरो यो ताल २२५ हेक्टरमाफैलिएको छ ।
८. टौदह
काठमाडौँ उपत्यका जलमय भएको अवस्थामा मन्जुश्रीले खड्गले काटेर वा भगवानश्रीकृष्णले चक्र प्रहार गरी चोभारको गल्छी काटेर पानी बाहिर पठाए पछि यहाँकानागहरू पनि बाहिर जानुपर्ने अवस्था सिर्जना भएकोले चोभार भूतखेल भन्ने ठाउँमापोखरी बनाई सोही ठाउँमा नागहरूका राजा कर्कोटकलाई बस्ने ठाउँ दिइएकोलेटौदहलाई कर्कोटक नागको वासस्थान पनि भनिन्छ । यो ८४ रोपनी जल क्षेत्रसहित९६ रोपनी जग्गामा फैलिएको छ । दर्जनौँ प्रकारका पक्षीहरू यहाँ पाइने हुदाँचराहरूको अध्ययन र अनुसन्धानका लागि यो ठाउँ आर्कषक छ ।
९. घोडाघोडी ताल
कैलाली जिल्लाअन्र्तगत महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५हेक्टर क्षेत्रफलमा घोडाघोडी ताल रहेको छ । यस तालको बीचबीचमा चारपाँचवटाथुम्का थुम्कीहरू बनेका छन् । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकोले सोहीमन्दिरको आधारमा तालको नामाकरणगरिएको हो । यो तालको छेउको जङ्गलमा दुर्लभ पक्षी धनेशका अतिरिक्त अनेकौं पशुपक्षीहरू पाइन्छन् । तालभित्र माछा, गोही, कछुवा आदि पशुपंक्षीहरू पाइन्छन् ।
१०. गोसाईकुण्ड
जनैपूर्णिमाको दिन मेला भर्न हजारौँ धर्मावलम्बनीहरू आउने साथै धार्मिकतीर्थस्थलको रूपमा समेत परिचित रहेको गोसाईकुण्ड बागमती अञ्चलको रसुवाजिल्लामा पर्दछ । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल समुद्रसतहबाट करिब ४६०२ मिटर उचाइमा रहेको छ । सूर्यकुण्ड (पूर्व र उत्तरीझरनाबाट गोसाईकुण्ड बन्न पुगेको हो ।
११. रूपा ताल
कास्की जिल्ला पोखराको पूर्व उत्तरी भागमा पचभैया पर्वतको फेदमा रूपातालछ । समुद्री सतहबाट ७०१ मिटरको उचाइमा अवस्थित ४.५ मिटर गहिराइभएको रूपाताल १२० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालमा हाल मत्स्यपालनगरी आर्थिक लाभ लिन थालिएको छ ।

No comments:
Post a Comment