Friday, 1 April 2016

विभिन्न क्षेत्रमा रहेका विशिष्ट व्यक्तित्वहरुको मर्यादाक्रम !!!

1. राष्ट्रपति
2. उप–राष्ट्रपति
3. प्रधानमन्त्री
4. प्रधानन्यायाधिश
5. संविधान सभाका अध्यक्ष / व्यवस्थापिका संसदका सभामुख
6. पुर्व राष्ट्रपति, उप–प्रधानमन्त्री
7. मन्त्री, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, पुर्व उपराष्ट्रपति, पुर्व प्रधानमन्त्री, पुर्व प्रधानन्यायाधिश, व्यवस्थापिका संसदका उपसभामुख, संविधानसभाका उपाध्यक्ष,
पुर्व सभामुख
8. राज्यमन्त्री, संविधान सभा / व्यवस्थापिका संसदका विभिन्न समितिका सभापति / अध्यक्ष
9. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रज्ञा प्रतिष्ठानका कुलपती
10. सर्वोच्च अदालतका न्यायाधिश, न्यायपरिषद्का सदस्य
11. सहायक मन्त्री
12. संविधान सभा / व्यवस्थापिका संसदका सदस्य
13. संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति संविधान सभा / व्यवस्थापिका
संसदका महासचिव
14. पुनरावेदन अदालतका मुख्य न्यायाधिश, राष्ट्रिय योजना आयोगका सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्र बैंकका
गर्भनर प्रज्ञा प्रतिष्ठानका उपकुलपती, विश्वविद्यालयका उपकुलपति
15. नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपालस्थित विदेशी राजदुत, सार्कका महासचिव, नेपाली
राजदत, सर्वोच्च अदालतका रजिष्टार, नायब महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधिश
16. रथी, प्रहरी महानिरिक्षक, सशस्त्र प्रहरी महानिरिक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), नेपालस्थित संयुक्तराष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक
17. उपरथी, प्रहरी अतिरिक्त महानिरिक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक
18. जिल्ला विकास समितिका सभापति ( निर्वाचित) , महानगरपालिकाका प्रमुख (निर्वाचित)
19. नेपाल सरकारका सह–सचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्लान्यायाधिश, राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी, उप–महानगरपालिकाका प्रमुख (निर्वाचित), नगरपालिका प्रमुख, (निर्वाचित)
20. नेपालस्थित विदेशी कन्सल जनरल, नेपालस्थित अन्य अन्तरसरकारी संस्थाका प्रमुख
21. सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक
22. महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक
23. नेपाल सरकारका उप–सचिव, निर्देशक, राजपत्रांकित द्धितिय श्रेणीका कर्मचारी
24. प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक
25. सेनानी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, गाउँ विकास समितिका अध्यक्ष, (निर्वाचित)
26. सह–सेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतिय श्रेणीका कर्मचारी
27. उप–सेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत
28. सहायक सेनानी
द्रष्टब्य :
१. पदाधिकारीका पती वा पत्नीलाई आमन्त्रण गरिएको औपरिचारिक समारोहमा निजहरुको मर्यादाक्रम संबन्धित पदाधिकारीको मर्यादाक्रम अनुसार नै कायम हुनेछ ।
२. एउटै क्रममा रहेका पदाधिकारीको मर्यादाक्रम यस मर्यादाक्रममा उल्लेख भएको क्रम अनुसार हुनेछ ।
३. नेपाल सरकारको सेवामा पदाधिकार रहेको नपालीमहावाणिज्यदुतको मर्यादाक्रम आफनो पदाधिकार अनुसारको हुनेछ ।
४. यस मर्यादाक्रममा उल्लेख नभएका महानुभावहरुलाई कुनै सरकारी
निकाय कुनै समारोहमा सम्मिलित गराउन पर्ने अवस्था परेमा वा मर्यादाक्रम निर्धारणका सम्बन्धमा कुनै दुविद्धा उत्पन्नभएमा सम्वन्धित निकाय नेपालीको हकमा गृह मन्त्रालय र विदेशीको हकमा परराष्ट्र मन्त्रालयसंग सम्पर्क राखी कुन क्रममा राख्ने हो तोक्ने र त्यसको जानकारी गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई जानकारी गराउनु पर्नेछ ।
Collected by : Kamal Prasad Marasini

No comments:

Post a Comment