Sunday, 29 May 2016

सरकारको निति तथा कार्यक्रम २०७३/०७४ !!!

#. सार्वजनिक: बि.सं. २०७३~१~२६
#. कति बूँदे : १३८ बुँदे

केही प्राथमिकताहरू:
#. सन २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइने ।
#. आगामी मंसिर भित्र स्थानीय निर्वाचन गर्ने ।
#. भुकम्प प्रभावित जिल्लामा 1घर 1 रोजगार कार्यक्रम ल्याउने ।
#. आधारभूत शिक्षामा सबै नागरिकको हक सुनिश्चित गर्दै कक्षा १२ सम्मको माध्यमिक शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क तुल्याउँदै लगिने छ ।
#. सामुदायिक र निजी विद्यालयहरू बीच शैक्षिक गुणस्तरको अन्तर घटाइने छ ।
#. प्रारम्भिक बालशिक्षालाई विद्यालय शिक्षाको संरचनाभित्र आबद्ध गरी बालशिक्षा शिक्षकको व्यवस्था गरिने छ ।
#. विद्यालय शिक्षामा समतामूलक सहभागिताका लागि प्रोत्साहनमूलक कार्यक्रमहरूलाई लक्षित वर्गमा केन्द्रित गरिने छ ।
#. विद्यालय र क्याम्पसहरूमा इन्टरनेट सेवाको बिस्तार गरिने छ ।
#. प्रमाण पत्रको आधारमा ऋण उपलब्ध गरिने ।
#. भुकम्पबाट क्षतिग्रस्त संरचना आगामी 5 बर्ष भित्र पुनर्निर्माण गरिने ।
#. विश्वकै बुद्धको अग्लो मुर्ती स्थापना गरिने ।
#. स्वयम् सेविकाको खर्चमा वृद्धि गरिने ।
#. गाविस र नपाको अनुदान रकम बढाउने ।
#. गोरखापत्रको क्षेत्रिय प्रकाशन पूर्वमा बिराटनगर र पश्चिममा कोहलपुर बाट प्रकाशन सुरू गरिने ।
#. प्रत्येक नागरिकलाइ आधारभुत स्वस्थ्य सेवा निःसुल्क गरिने ।
#. पुर्वाधार विकास बैंक स्थापना गरेर ठुला आयोजना अघि बढाउने ।
#. काठमाडौ निजगढ द्रुत मार्गको सरकारको लगानिमा निर्माण प्रारम्भ गरिनेछ ।
#. सडक र रेलमार्गका लागि ७ वर्षे आयोजना ल्याइने ।
#. काठमाडौका सबै सडक १ वर्ष भित्र कालो पत्रे गरिने ।
#. देशका सबै गाविस आगामी २ वर्ष भित्र सडक सञ्जालले जोडिने ।
#. नेपालमा हुने तेह्रौ साग खेलका लागि विशेष तयारी गरिने
#. युवा दल स्थापना गरि युवाहरुलाइ देश निर्माणमा लगाइने ।
#. नेपालले विस्वका भूपरिवेष्टित रास्ट्रहरुका हक अधिकारको लागि लड्ने ।

 

No comments:

Post a Comment