Sunday, 4 December 2016

नेपालको संविधान, २०७२ को एक नालीबेली !!! कृपया शेयर गर्नुहोला ।

१. संविधान सभावमा बाहाल रहेका सदस्य संख्या ६०१ मध्ये ( १ निलम्बीत, १ निधन,
२ मनोनित गर्न बाँकी) –५९७
२. संविधानको पक्षमा मतदान गर्ने सभासद – ५०७
३. मतदानमा अनुपस्थित – ६५
४. संविधानको बिपक्षमा मतदान गर्ने सभासद –२५
५. संविभानको मुल प्रतिमा हस्ताक्षर गर्ने सभासद –५३७
६. संविधान सभाको प्रक्रिया बहिस्कार गर्ने – ५७ जना
७. मतदानमा अनुपस्थित सभासद – ८
८. मतदानमा अनुपस्थित भएपनि संविधानको प्रतिमा हस्ताक्षर गर्ने सभासद –५
९. प्रक्रियामा सहभागि दलबाट गयल हुने सभासद – ३
१०. पहिलो संविधान सभाको कार्यकाल – १४४० दिन (४ बर्ष)
११. पहिलो संविधान सभाको बैठक संख्या – १२३
१२. पहिलो संविधान सभा खास काममा खर्चेको समय –३८१ घण्टा २८ मिनेट
१३. दोस्रो संविधान सभाको कार्यदिन –५७१ दिन (१ बर्ष ६ महिना २६ दिन)
१४. दोस्रो संविधान सभाको बैठक संख्या –१३५
१५. दोस्रो संविधान सभा खास काममा खर्चेको समय –३२८ घण्टा भन्दा बढी
१६. संविधान सभाका लागि मुलुकले खर्चेको जम्मा जम्मी दिन – २०३१ दिन (५ बर्ष ६
महिना २६ दिन)
.
१७. ऐतिहासिक दिनहरु ः
• १२ बुदे समझदारी – २०६२ मंसिर ७
• शान्तिपूर्ण जनआन्दोलन –२०६२ चैत्र २६
• प्रतिनिधिसभा पुनःस्थापना –२०६३ बैशाख ११
• प्रतिनिधिसभा घोषणा –२०६३ जेष्ठ ४
• बिस्तृत शान्ति सम्झौता –२०६३ मंसिर ५
• अन्तरिम संविधान जारी –२०६३ माघ १
• पहिलो संविधान सभाको निर्वाचन –२०६४ चैत्र २८
• पहिलो संविधान सभाको बैठक /गणतन्त्र कार्यान्वयन –२०६५ जेष्ठ १५
• पहलिो संविधान सभाको अवसान –२०६९ जेष्ठ १४
• दोस्रो संविधान सभाको निर्वाचन –२०७० मंसिर ४
• दोस्रो संविधान सभाको पहिलो बैठक –२०७० माघ ८
• चार दल बिच १६ बुदे राजनैतिक सहमति –२०७२ जेष्ठ २५
• संविधानको पहिलो एकिकृत मस्यौदा निर्माण –२०७२ आषाढ १७
• मस्यौदामा जनताको सुझाव संकलन –२०७२ श्रोवण ४ र ५
• परिमार्जित बिधेयक तयार –२०७२ भाद्र ६
• संविधान विधेयक पारित –२०७२ भाद्र ३०
• संविधान प्रमाणिकरण –२०७२ असोज १
• नेपालको संविधान, २०७२ को घोषणा –२०७२ असोज ३
• नेपालको संविधान, २०७२ लागु –२०७२ असोज
.
१८. नेपालको संविधान, २०७२
भाग ३५, धारा ३०८, अनुसूचि ९
प्रदेशको संख्या– ७
जम्मा सांसद संख्या –८८४
प्रतिनिधि सभा सदस्य –२७५ (प्रत्यक्ष १६५, समानुपातिक ११०)
राष्ट्रिय सभा सदस्य –५९ (७ प्रदेशबाट ८÷८, राष्ट्रपतिबाट मनोनयन ३)
७ प्रदेशमा प्रदेशसभाका कुल सदस्य संख्या –५५०
अवको शासन (राज्य संरचना)– संघिय सरकार, प्रादेशिक सरकार, स्थानिय सरकार
.
१९. नेपालको संविधानमा २०७२ मा क–कसलाई हक ?
1. सम्मानपूवर्क बाँच्न पाउने हक
2. स्वतन्त्रताको हक
3. समानताको हक
4. संचारको हक
5. न्याय सम्बन्धि हक
6. यातना विरुद्धको हक
7. निवारक नजरबन्द बिरुद्धको हक
8. छुवाछुत तथा भेदभव विरुद्धको हक
9. संपत्तिको हक
10. धार्मिक स्वतन्त्रताकोहक
11. सूचनाको हक
12. गोपनियताको हक
13. शोषण विरुद्धको हक
14. स्वच्छ वातावरणको हक
15. शिक्षा सम्बन्धी हक
16. भाषा तथा सस्कृतिको हक
17. रोजगारीको हक
18. श्रमको हक
19. स्वास्थ्य सम्बन्धी हक
20. खाद्य सम्बन्धी हक
21. आवासको हक
22. महिलाको हक
23. बालबालिकाको हक
24. दलितको हक
25. जेष्ठ नागरिकको हक
26. सामाजिम न्यायको हक
27. सामाजिम सुरक्षाको हक
28. उपभोक्ताको हक
29. देशनिकाला विरुद्धको हक
30. संबैधानिक उपचारको हक
31. मौलिक हकको कार्यान्वयन
32. नागरिक कर्तव्य
२०. नेपालका संविधानहरु
1. नेपाल सरकारको बैधानिक कानून, २००४ –(६ भाग, ६२ धारा र फेरिस्त “क”)
2. नेपालको अन्तरिक शासन बिधान, २००७ –(७ भाग, ७३ धारा र १ अनुसूची)
3. नेपाल अधिराज्यको संविधान, २०१५ –(१० भाग, ७३ धारा र १० परिच्छेद)
4. नेपालको संविधान, २०१९ –(२० भाग, ९६ धारा र ६ अनुसूची)
5. नेपाल अधिराज्यको संविधान, २०४७ –(२३ भाग, १३३ धारा र ३ अनुसूची)
6. नेपालको अन्तरिम संविधान, २०६३ –(२५ भाग, १६७ धारा र ४ अनुसूची)
7. नेपालको संविधान, २०७२ –(३५ भाग, ३०८ धारा र ९ अनुसूची)
२१. ....................... हाम्रा प्रजाको शासन अव उप्रान्त निजहरुले निर्वाचन गरेको १ बैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्रमक विधान अनुसार होओस भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले ........... .................... २००७ फागुन ७ मा राजा त्रिभुवनबाट घन्केको वाक्यासं ।
२२. संविधानले २०६३ मंसिर १ बाट सुरु भएको शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याएको छ। यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ ।
२३. संविधानले जनतालाई बलियो बनाएको छ । सभागिता बढाउने आधार लिएको छ । तर खास परिक्षण कार्यान्वयन मै निर्भर हुन्छ । राजनैतिक नेतृत्वको दक्षता पनि त्यहीँ मापन हुन्छ ।
२४. तैपनि संविधान भद्दा छ, चिटिक्क छैन । जे होस संविधान सभाबाट पारित जनताद्वारा बनाईकाएको पहिलो संविभान नेपालको संविधान, २०७२ प्रारम्भ भएपछि इतिहासको गणना बल्ल सुरु हुन्छ । इतिहाल निर्माण भई सक्यो भन्ने होईन, निर्माण भूमि तयार भएको हो । काम त अव गर्नु पर्छ । संविधान वन्यो ऐतिहासिक काम भयो भनेर उत्सव मनाउदैमा २–४ बर्ष बिताउने हैन । तत्काल कार्यमा लागौँ ।
.
२५. अव गर्नु पर्ने खास कामहरु
रहलपहल सिमाङ्कन
राजधानी तय
स्थानीय निकायको पुर्नसंरचना
भौतिक पूर्वाधार
कर्मचारी व्यवस्था
निर्वाचन
२६. तुलनात्मक अध्ययानमा ३ संविधान
१) नेपाल अधिराज्यको संविधान, २०४७, २) नेपालको अन्तरिम संविभान, २०६३ ३) नेपालको संविधान, २०७२
1. सार्वभौमसत्ता– १.जनतामा निहित, २.जनतामा(राजकिय सत्तापनि), ३.जनातामा (राजकिय सत्तापनि)
2. राज्य– १.हिन्दु संवैधानिक राजतन्त्रात्मक अधिराज्य, २.धर्म निरपेक्ष समावेशी र पूर्ण लोकतान्त्रिक, ३.धर्म निरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवादी उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक
3. नागरिकता –१.बंशज, अंगिकृत र मानार्थ २.बंशज, अंगिकृत र मानार्थ ३. बंशज, अंगिकृत, मानार्थ र गैर आवाशिय नेपाली बाबु वा आमाको नामबाट प्रदेशको पहिचान हुने ।
4. भाषा – १.नेपाली राष्ट्र भाषा र सरकारी कामकाजको भाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता २.नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रिय भाषा तर नेपाली सरकारी कामकाजको भाषा, स्थानिय निकायमा अरु मातृभाषामा पनि हुन ३. केन्द्रमा पुरानै निरन्तर, प्रदेशमा अन्य मातृभाषामा पनि सरकारी कामकाजको हुन र भाषा आयोगले मापदण्ड बनाएर भाषा सिफारिश गर्ने ।
5. शासकीय स्वरुप –१.कार्यकारिणी अधिकार श्री ५ र मन्त्रिपरिषद्मा २. कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा ३.कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा ।
6. सरकार प्रमुख – १.प्रधानमन्त्री, संसदको बुहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता २. प्रधानमन्त्रि, सबैदलको सहमति प्राप्त वा बहुमत प्राप्त व्यक्ति । ३.प्रधानमन्त्रि, संसदको बहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता, दुई बर्ष सम्म अविश्वासको प्रस्ताव नलाग्ने । एक पटक अविश्वास प्रस्ताव असफल भएपछि अर्काे एक बर्ष सम्म राख्न नपाउने र अविश्वासको प्रस्ताव राख्दा बैकल्पिक प्रधानमन्त्रिको नाम दिनु पर्ने ।
7. राष्ट्र प्रमुख – १.राजा, राजा विहिनताको कल्पना छैन २. राष्ट्रपति, राष्ट्रिपति निर्वाचन अधि प्रधानमन्त्रिले राष्ट्र प्रमुखको काम गर्ने ३. राष्ट्रपति, राष्ट्रपति र उपराष्ट्रपति दुवै पद खालि भएका प्रधानमन्त्रिले राष्ट्र प्रमुखको काम गर्ने ।
8. राज्यको संरचना – १.एकात्मक २. संघिय हुने उल्लेख ३. संघ, प्रदेश र स्थानीय तह हुने प्रष्ट ।
9. नागरिक कर्तव्य – १. छैन २. छैन ३. ४ नागरिक कर्तव्य उल्लेख राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नु पर्ने ।
10. संधी सम्झौता – १. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने २. संसदको २/३ वाट अनुमोदन हुनु पर्ने ३. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने
11. संसद विघटन – १.प्रधानमन्त्रिले गर्न सक्ने २. गर्न नसकिने ३. राष्ट्रपतिले गर्न सक्ने ।
12. प्रदेश सरकार – १.छैन २. छैन ३. प्रधानमन्त्रिको सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने, व्यवस्थापिकाको २०% भन्दा बढीको प्रदेशको मन्त्रिपरिषद नहुने ।
13. व्यवस्थापिका – १. २ सदनात्मक २. १ सदनात्मक ३. केन्द्रमा २, प्रदेश र स्थानिय तहमा १ सदनात्मक संघिय संसदमा १/३ महिला अनिवार्य ।
14. न्यायपालिका – १. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह २. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह ३. जिल्ला उच्च र सर्वोच्च गरी तीन तह, उच्च अदालतले पनि मौलिक हक सम्बन्धि रिट हेर्न पाउने र सर्वोच्च मै एक संवैधानिक इजलास रहने नयाँ व्यवस्था ।
15. संवैधानिक निकाय ः ४ । ५ । ११
16. प्रशासन ः १.केन्द्र सरकारले मात्र सरकारी सेवा गठन गर्न सक्न २. निरन्तरता ३. प्रदेश, गाउँ पालिका र नगरपालिकाले पनि सरकारी सेवा गठन गर्न सक्ने ।
17. सुरक्षा ः १. शाही नेपाली सेना र नेपाल प्रहरी २. नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ३. संघमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्र गुप्तचर तथा अनुसन्धानका संगठन रहने र प्रत्येक प्रदेशमा छुट्टै प्रहरी संगठन रहने ।
18. मन्त्रिपरिषदको आकार ः असिमित । असिमित । २५ सदस्यमा सिमित

No comments:

Post a Comment