Friday, 1 April 2016

कृषि विकास बैंक लेखपाल सहायकस्तर पदको द्वितीय पत्रको प्रश्नहरु (२०७२ /११/२९) !!!

कृषि विकास बैक लिमिटेड लेखापाल (सहायकस्तर द्वितीय श्रेणी – प्रशासन) पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षा

परिक्षा केन्द्र : विराटनगर, काठमाडौ, नेपालगंज
मिति: २०७२/११/२९ गते
समय: ३ घण्टा                   पुणाङ्क: १००
विषय: द्वीतीय पत्र ( सेवा सम्बन्धी)
-------------------------------------------------------
नोट: प्रश्नको उत्तर दिदा नेपाली वा अंग्रेजी माध्यमबाट दिन सकिनेछ ।

                     खण्ड “क”
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । (१०x५=५०)

१. दर्ता भनेको के हो ? दर्ता गर्ने कार्यमा खटिने कर्मचारीले ध्यान दिनुपर्ने विषयहरु के के हुन् उल्लेख गर्नुहोस् ।

२ जिन्सी सामानको व्यवस्थापन भन्नाले के बुझिन्छ ? कार्यालयमा यो किन महत्वपूर्ण हुन्छ ?

३ दोहोरो लेखा प्रणाली भनेको के हो ? यसको मुख्य विशेषता हरु उल्लेख गर्नुहोस् ।

४ नाफा नोक्सान हिसाब कसरी तयार गरिन्छ ?
नमुना तयार गर्नुहोस् ।

५ मुद्रास्फीतिले अर्थतन्त्रमा पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा उल्लेख गर्नुहोस् ।

६ कृषि विकास बैकले ग्राहक सम्बन्ध व्यवस्थापनमा गरेका प्रयासहरुको छोट क रीमा चर्चा गर्नुहोस् ।

७ समग्र संगठन नेतृत्वका बारेमा प्रकाश पर्दै सफल नेतृत्वका लागि आवश्यक पर्ने गुणहरु के के हुन ? लेख्नुहोस् ।

८ कम्प्यूटरमा Secondary Storage Device भन्नाले के बुझिन्छ ? उदाहरण सहित प्रष्ट पार्नुहोस् ।

९ Hardware र Software भन्नले के के बुझिन्छ ? Software का फाइदाहरु के के हुन् ?

१० बैकिङ्ग क्षेत्रमा कम्प्यूटरको प्रयोग र यसको
महत्व का बारेमा चर्चा गर्नुहोस् ।

              
                        खण्ड “ख”
तलको प्रश्नहरुको लामो उत्तर दिनुहोस् ( ५x१०=५०)

१ पन्जिका भनेको के हो ? कार्यालयमा यसको महत्व किन हुन्छ ? साथै यसको अभावमा कार्यालयमा के कसरी प्रभाव गर्छ ? उल्लेख गर्नुहोस् ।

२ वासलात भनेको के हो ? वासलातमा दायित्व र सम्पति अन्तर्गत के कस्ता विषयहरु उल्लेख गर्नु पर्छ ? नमुना प्रस्तुत गर्नुहोस् ।

३ उत्प्रेरणा भनेको के हो ? कृषि विकास बैकले आफ्ना कर्मचारीको प्रभावकारी उत्प्रेरणाका लागि उपलब्ध गराएका उत्प्रेरणाको उपायहरुका बारेमा उल्लेख गर्नुहोस् ।

४ नागरिक बडापत्र मा उल्लेख गर्नु पर्ने मुख्य मुख्य विषयहरु के के हुन् ? जनसम्पर्कलाई प्रभावकारी व्यवस्थापन गर्ने कार्यमा नागरिक वडापत्रको
महत्व का बारेमा प्रकास पार्नुहोस् ।

५ कुल राष्ट्रिय उत्पादन को परिभाषा दिदै यो मापन गर्ने तरिकाका बारेमा उल्लेख गर्नुहोस् ।
                            समाप्त
                 सफलतको शुभकामना

संकलन : कमल प्रसाद मरासिनी

No comments:

Post a Comment