Tuesday, 27 September 2016

हालै मनाइएका दिवस तथा तय गरिएका नाराहरु !!! Do U SHARE it ?? Source; Kamal Prasad Marasini - कमल प्रसाद मरासिनी

1. राष्ट्रिय धानबालि दिवस : असार १५
↪ वि.स. २०७३ को नारा: “व्यवसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार”
2. विश्व जनसंख्या दिवस : जुलाई ११
↪ सन् २०१६ को नारा : “सुखद भविष्यका लागि किशोरीमा लगानी”
3. अन्तराष्ट्रिय आदिवासी दिवस : अगस्ट ९
↪ सन् २०१६ को अन्तराष्ट्रिय नारा : “आदिवासीको शैक्षिक अधिकार”
↪ सन् २०१६ को नेपालको लागि नारा : “पहिचान र अधिकार सहितको संघियता
आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संसोधनका लागि हाम्रो साझा अभियान”
4. अन्तराष्ट्रिय युवा दिवस : अगस्ट १२
↪ सन् २०१६ को नारा : “गरिबी उन्मुलनमा युवा प्रतिबद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता”
5. पुस्तकालय दिवस : भदौ १५
↪ वि.स. २०७३ को नारा : “जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय”
6. मानव बेचविखन विरुद्दको राष्ट्रिय दिवस : भदौ २०
↪ वि.स. २०७३ को नारा : “एउटै लक्ष एउटै सार, मानव बेचबिखंको अन्त्य हाम्रो साझा सरोकार”
7. निजामती सेवा दिवस : भदौ २२
↪ वि.स. २०७३ को नारा : “सेवामैत्री प्रशासन : संघियतामा अनुशासन”
8. राष्ट्रिय शिक्षा दिवस : भदौ २३
↪ वि.स. २०७३ को नारा : “समृद्द राष्ट्र निर्माणको लागि जीवनोपयोगी शिक्षामा लगानी”
9. राष्ट्रिय बाल दिवस : भदौ २९
↪ वि.स. २०७३ को नारा : “सम्वर्द्धन बालअधिकारको : कार्यान्वयन संविधानको”
10. अन्तराष्ट्रिय शान्ति दिवस : २१ सेप्टेम्बर
↪ सन् २०१६ को नारा : “दिगो शान्ति : राष्ट्र विकासको आधार”
11. समाज सेवा दिवस : असोज ६
↪ वि.स. २०७३ को नारा : “समाज सेवामा समझदारी हामि सबैको जिम्मेवारी”

No comments:

Post a Comment