कोबे ब्रायन्ट प्रसिद्ध अमेरिकी खेलाडी हुन् । अमेरिकी बास्केटबलका ‘महान’ खेलाडी कोबे ब्रायन्टको अमेरिकी प्रान्त क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटनामा परेर २०२० जनवरी २६ मा निधन भएको छ । उनको जन्म २३ अगस्ट १९७८ मा भएको थियो ।
कोबे ब्रायन्टका प्रेरक भनाइहरु !!!
🌝 यदि तिमी ‘असफल हुन्छु कि ‘ भनेर डराउँदै पाइला चाल्छौ भने तिमी असफल हुन्छौ नै !
🌝 सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूले निरन्तर प्रयास गर्नु र अरुलाई प्रेरित गर्नु हो ।
🌝 दु:ख, चुनौती, दबाब, तनाव जस्ता सबै नकारात्मक कुराहरु व्यक्तिलाई माथि उठाउने अवसर हुन् ।
🌝 म अल्छी मान्छेहरुसंग नजिकिन सक्दिन । उनीहरुको र मेरो भाषा नै फरक हुन्छ ।
🌝 जब तिमीले असफलतालाई महसुस गर्छौ, तब तिम्रो दृढताले सफलतालाई पछ्याउन थाल्छ ।
🌝 आमा-बुवा मात्र यस्ता व्यक्तिहरु हुन् जो तिमीले हारेपनि या जितेपनि तिमीसंगै हुन्छन् ।
🌝 हरेक व्यक्ति डराउँछ, अनिन्द्रामा रात बिताउँछ, आत्मविश्वासमा कमी आउँछ । फरक यो हो कि, व्यक्ति त्यो कुरालाई पछाडी छोडेर उठ्छ, या त्यो कुरासंगै बसिरहन्छ ।
🌝 तिमी आफूले हार मान्नु भनेको तिमीले अरु कसैलाई विजेता घोषित गरिदिनु हो ।
🌝 यदि तिमीले आफूलाई विश्वास गर्दैनौ भने अरु कसैले पनि तिमीलाई विश्वास गर्दैन ।
🌝 मनमा कुरा खेलाएर र नकारात्मक कुरा सोंचेर नबस । जीवन छोटो छ ।
Source: Safal Stories
No comments:
Post a Comment