भारतलाई स्वतन्त्रता दिलाउनको लागि अंग्रेज विरुद्ध लड्ने महात्मा गान्धी विश्वमै महान व्यक्तिका रुपमा चिनिन्छन्। उनी अहिंसा र शान्ती आन्दोलनबाट नै अंग्रेजहरुको शासन ढाल्ने व्यक्तिका रुपमा प्रसिद्ध छन्।
महात्मा गान्धीका प्रसिद्ध भनाइहरु !!!
♥ जहाँ माया हुन्छ, त्यहाँ नै जीवन हुन्छ ।
♥ तिमीले मेरो शरीरलाई हानी पुर्याउन सक्छौ, नाश गरिदिन सक्छौ । तर मेरो दिमागमाथि कब्जा जमाउन सक्दैनौ ।
♥ केही कुरामा विश्वास गर्नु तर त्यो कुरा आफ्नो जीवनमा नअपनाउनु भनेको बेइमान बन्नु हो ।
♥ पहिले उनीहरुले तिमीलाई बेवास्ता गर्छन् । त्यसपछि उनीहरु तिम्रो कुरामा हाँस्छन् । तर, जब तिमी बलियो देखिन्छौ उनीहरु तिमीसंग लड्न आउँछन् र तिमीले जित्छौ।
♥ म कसैलाई पनि फोहोर पाइताला लिएर मेरो दिमागमा हिंड्ने अनुमति दिन्न ।
♥ जबसम्म तिमीले आत्मसमर्पण गर्दैनौ, तबसम्म कसैले पनि तिम्रो आत्मसम्मानमा चोट पुर्याउन सक्दैन ।
♥ व्यक्तिको कामबाट उसका प्राथमिकताहरु पहिचान गर्न सकिन्छ।
♥ मेरो लागि धार्मिक व्यक्ति त्यही हो, जसले अरुको दु:खलाई बुझ्छ ।
♥ जब तिमीले सोंच्ने कुरा, भन्ने कुरा र गर्ने कुरा एकै लयमा बग्छन् , तब खुशी मिल्छ ।
♥ तिमीले संसार जस्तो देख्न चाहन्छौ, त्यस्तै देख्नको लागि तिमी आफैले परिवर्तनको लागि अगाडी बढ्नुपर्छ।
♥ हरेक रात जब म निदाउँछु म मर्छु र हरेक बिहान जब म उठ्छु , म फेरी जन्मिन्छु ।
♥ शक्ति शरीरको बलियोपनबाट होइन, इच्छाशक्तिबाट आउँछ।
♥ शिक्षित व्यक्तिको कठोर मन देख्दा मलाई सबैभन्दा बढी दुख लाग्छ ।
♥ भगवानको कुनै धर्म हुँदैन ।
♥ सभ्य र इमान्दार रुपमा गरिने अस्वीकृति भनेको प्रगतिको संकेत हो।
♥ प्रयासमा सन्तुष्टी मिल्छ। शतप्रतिशत प्रयासले विजय दिलाउँछ।
♥ तिमीले गर्नुपर्ने काम महत्त्वपूर्ण हुँदैनन्। तर, तिमीले जे गर्छौ, त्यो काम महत्त्वपूर्ण हुन्छ।
♥ व्यक्तिको सही परिचय उसका सोंचहरुको उत्पादनबाट बनेको हुन्छ।
♥ जसले इच्छाशक्ति देखाउंछ र सकारात्मक सोंच राख्छ, उसले आफ्नो भित्रि मनको कुरा सुन्न सक्छ।
♥ केही कुरामा विश्वास गर्नु तर त्यसलाई आफ्नो जीवनमा लागु नगर्नु भनेको बेइमानी हो।
♥ कामको संख्याले होइन, हामीले गरेको कामको गुणस्तरले भगवान खुशी हुन्छन् ।
♥ जसलाई कसरि सोंच्नुपर्छ भन्ने थाहा छ, उनीहरुलाई शिक्षकको आवश्यकता पर्दैन।
♥ असल व्यक्ति सबै प्राणीको असल साथी बन्न सक्छ।
♥ मेरो जीवन नै मेरो संदेश हो।
♥ व्यक्तिले मान्ने धर्म, ऊ आफू बाहेक अरुको लागि सरोकारको विषय बन्नुहुन्न।
♥ बाँच यसरि की मानौं, तिमी भोलि नै मर्नेछौ । र, सिक यसरी की मानौं, तिमी सधैभरि बाँच्नेछौ।
♥ सुन चाँदी होइन, स्वास्थ्य तिम्रो सबैभन्दा ठूलो धन हो।
♥ केही गर्नु छ भने मन भित्रैदेखि गर या त गर्दै नगर ।
No comments:
Post a Comment