Sunday, 8 March 2020

फ्रेडरिक निज्चका प्रसिद्ध भनाइहरु !!!

फ्रेडरिक् निज्च प्रसिद्ध दार्शनिक, कवि, लेखक, विश्लेषक तथा समाजसेवी हुन् । जर्मनीका नागरिक उनको जन्म १५ अक्टोबर १८४४ मा भएको थियो भने २५ अगस्ट १९०० मा उनको निधन भएको थियो ।

फ्रेडरिक निज्चका प्रसिद्ध भनाइहरु !!!

🙏 जुन व्यक्तिसम्म संगीतको आवाज पुगेको छैन, उसलाई त्यो संगीतमा नाचिरहेको व्यक्ति पागल लाग्छ ।

🙏 सजिलो जीवन चाहन्छौ ? त्यसो हो भने, सधै भेंडाको बथानमा बस र त्यही हराऊ ।

🙏 तिमीसंग तिम्रो तरिका हुन्छ र मसंग मेरो तरिका हुन्छ । सही तरिका, गलत तरिका, एउटा मात्र तरिका भन्ने हुँदैन ।

🙏 जुन व्यक्ति आफ्नो दिमाग र मनले दिएको अर्डरमा हिंड्दैन, ऊ अरुले दिएको अर्डरमा हिंड्नुपर्छ ।

🙏 जुन रुख स्वर्गतिर बढिरहेको हुन्छ, त्यो रुखको जरा नर्कतिर हुर्किएको हुन्छ ।

🙏 जुन कुराले हामीलाई मार्दैन, त्यसले हामीलाई बलियो बनाउँछ ।

🙏 तिमी भित्रको आगोमा पहिले तिमी आफू जल्न तयार बन ।

🙏 रमाएर जिउन सिक । यो कुनै रिहर्सल होइन ।

🙏 संसारमा दुई किसिमका मान्छे हुन्छन्, एकथरी जसले बुझ्न चाहन्छन् र अर्कोथरी जो विश्वास गरेर बस्छन् ।

🙏 जबसम्म सबै मान्छेले तिमीलाई माया र प्रशंसा गर्छन्, सम्झ कि, त्यतिबेला सम्म तिमी आफ्नो बाटोमा होइन अरु कसैको बाटोमा हिंडेको छौ ।

महात्मा गान्धीका प्रसिद्ध भनाइहरु !!!

भारतलाई स्वतन्त्रता दिलाउनको लागि अंग्रेज विरुद्ध लड्ने महात्मा गान्धी विश्वमै महान व्यक्तिका रुपमा चिनिन्छन्। उनी अहिंसा र शान्ती आन्दोलनबाट नै अंग्रेजहरुको शासन ढाल्ने व्यक्तिका रुपमा प्रसिद्ध छन्।

महात्मा गान्धीका प्रसिद्ध भनाइहरु !!!

♥ जहाँ माया हुन्छ, त्यहाँ नै जीवन हुन्छ ।

♥ तिमीले मेरो शरीरलाई हानी पुर्याउन सक्छौ, नाश गरिदिन सक्छौ । तर मेरो दिमागमाथि कब्जा जमाउन सक्दैनौ ।

♥ केही कुरामा विश्वास गर्नु तर त्यो कुरा आफ्नो जीवनमा नअपनाउनु भनेको बेइमान बन्नु हो ।

♥ पहिले उनीहरुले तिमीलाई बेवास्ता गर्छन् । त्यसपछि उनीहरु तिम्रो कुरामा हाँस्छन् । तर, जब तिमी बलियो देखिन्छौ उनीहरु तिमीसंग लड्न आउँछन् र तिमीले जित्छौ।

♥ म कसैलाई पनि फोहोर पाइताला लिएर मेरो दिमागमा हिंड्ने अनुमति दिन्न ।

♥ जबसम्म तिमीले आत्मसमर्पण गर्दैनौ, तबसम्म कसैले पनि तिम्रो आत्मसम्मानमा चोट पुर्याउन सक्दैन ।

♥ व्यक्तिको कामबाट उसका प्राथमिकताहरु पहिचान गर्न सकिन्छ।

♥ मेरो लागि धार्मिक व्यक्ति त्यही हो, जसले अरुको दु:खलाई बुझ्छ ।

♥ जब तिमीले सोंच्ने कुरा, भन्ने कुरा र गर्ने कुरा एकै लयमा बग्छन् , तब खुशी मिल्छ ।

♥ तिमीले संसार जस्तो देख्न चाहन्छौ, त्यस्तै देख्नको लागि तिमी आफैले परिवर्तनको लागि अगाडी बढ्नुपर्छ।

♥ हरेक रात जब म निदाउँछु म मर्छु र हरेक बिहान जब म उठ्छु , म फेरी जन्मिन्छु ।

♥ शक्ति शरीरको बलियोपनबाट होइन, इच्छाशक्तिबाट आउँछ।

♥ शिक्षित व्यक्तिको कठोर मन देख्दा मलाई सबैभन्दा बढी दुख लाग्छ ।

♥ भगवानको कुनै धर्म हुँदैन ।

♥ सभ्य र इमान्दार रुपमा गरिने अस्वीकृति भनेको प्रगतिको संकेत हो।

♥ प्रयासमा सन्तुष्टी मिल्छ। शतप्रतिशत प्रयासले विजय दिलाउँछ।

♥ तिमीले गर्नुपर्ने काम महत्त्वपूर्ण हुँदैनन्। तर, तिमीले जे गर्छौ, त्यो काम महत्त्वपूर्ण हुन्छ।

♥ व्यक्तिको सही परिचय उसका सोंचहरुको उत्पादनबाट बनेको हुन्छ।

♥ जसले इच्छाशक्ति देखाउंछ र सकारात्मक सोंच राख्छ, उसले आफ्नो भित्रि मनको कुरा सुन्न सक्छ।

♥ केही कुरामा विश्वास गर्नु तर त्यसलाई आफ्नो जीवनमा लागु नगर्नु भनेको बेइमानी हो।

♥ कामको संख्याले होइन, हामीले गरेको कामको गुणस्तरले भगवान खुशी हुन्छन् ।

♥ जसलाई कसरि सोंच्नुपर्छ भन्ने थाहा छ, उनीहरुलाई शिक्षकको आवश्यकता पर्दैन।

♥ असल व्यक्ति सबै प्राणीको असल साथी बन्न सक्छ।

♥ मेरो जीवन नै मेरो संदेश हो।

♥ व्यक्तिले मान्ने धर्म, ऊ आफू बाहेक अरुको लागि सरोकारको विषय बन्नुहुन्न।

♥ बाँच यसरि की मानौं, तिमी भोलि नै मर्नेछौ । र, सिक यसरी की मानौं, तिमी सधैभरि बाँच्नेछौ।

♥ सुन चाँदी होइन, स्वास्थ्य तिम्रो सबैभन्दा ठूलो धन हो।

♥ केही गर्नु छ भने मन भित्रैदेखि गर या त गर्दै नगर ।

कोबे ब्रायन्टका प्रेरक भनाइहरु !!!

कोबे ब्रायन्ट प्रसिद्ध अमेरिकी खेलाडी हुन् । अमेरिकी बास्केटबलका ‘महान’ खेलाडी कोबे ब्रायन्टको अमेरिकी प्रान्त क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटनामा परेर २०२० जनवरी २६ मा निधन भएको छ । उनको जन्म २३ अगस्ट १९७८ मा भएको थियो ।

कोबे ब्रायन्टका प्रेरक भनाइहरु !!! 

🌝 यदि तिमी ‘असफल हुन्छु कि ‘ भनेर डराउँदै पाइला चाल्छौ भने तिमी असफल हुन्छौ नै !

🌝 सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूले निरन्तर प्रयास गर्नु र अरुलाई प्रेरित गर्नु हो ।

🌝 दु:ख, चुनौती, दबाब, तनाव जस्ता सबै नकारात्मक कुराहरु व्यक्तिलाई माथि उठाउने अवसर हुन् ।

🌝 म अल्छी मान्छेहरुसंग नजिकिन सक्दिन । उनीहरुको र मेरो भाषा नै फरक हुन्छ ।

🌝 जब तिमीले असफलतालाई महसुस गर्छौ, तब तिम्रो दृढताले सफलतालाई पछ्याउन थाल्छ ।

🌝 आमा-बुवा मात्र यस्ता व्यक्तिहरु हुन् जो तिमीले हारेपनि या जितेपनि तिमीसंगै हुन्छन् ।

🌝 हरेक व्यक्ति डराउँछ, अनिन्द्रामा रात बिताउँछ, आत्मविश्वासमा कमी आउँछ । फरक यो हो कि, व्यक्ति त्यो कुरालाई पछाडी छोडेर उठ्छ, या त्यो कुरासंगै बसिरहन्छ ।

🌝 तिमी आफूले हार मान्नु भनेको तिमीले अरु कसैलाई विजेता घोषित गरिदिनु हो ।

🌝 यदि तिमीले आफूलाई विश्वास गर्दैनौ भने अरु कसैले पनि तिमीलाई विश्वास गर्दैन ।

🌝 मनमा कुरा खेलाएर र नकारात्मक कुरा सोंचेर नबस । जीवन छोटो छ ।

Source: Safal Stories

Sunday, 4 December 2016

सन २०१६ लाई फर्केर हेर्दा !!!

सन २०१६ लाई फर्केर हेर्दा !!!

#. UNICEF कार्यकारी बोर्डमा नेपाल निर्वाचित -> २०१६ Jan, ०९
#. बुत्रोस बुत्रोस घालीको निधन --> सन २०१६ फेब्रुअरी, १६
#. सेति जलाधार रामसारमा सुचिकृत --> सन २०१६ फेब्रुअरी, २
#. चिनसंग पारवहन सम्झौता --> सन २०१६ मार्च,२१
#. पानामा पेपर्स लिक --> सन २०१६ अप्रिल, ३
#. बाराक ओबामा हिरोसिमा पुगेका --> सन २०१६ मे, २७
#. UNO महासभा उपाध्यक्षमा निर्वाचित --> सन २०१६ जुन, १४
#. कावुल हमला --> सन २०१६ जुन, २०
#. बेलायतमा ब्रेक्जिट मतदान --> सन २०१६ जुन,२४
#. डेभिड क्यामरुन द्वारा राजीनामा --> सन २०१६ जुलाई, १३
#. टर्किमा कू को प्रयास --> सन २०१६ जुलाई, १५
#. अफगानिस्तान WTO मा आबद्ध --> सन २०१६ जुलाई, २९
#. रियो ओलम्पिक सञ्चालन --> सन २०१६ अगस्ट, ५-२१
#. कोलम्बियामा शान्ति सम्झौता --> २०१६ अगस्ट,२३
#. श्रीलंकालाई मलेरिया मुक्त घोषणा --> सन २०१६ सेप्टेम्बेर, ५
#. BRICS Summit -२०१६ --> सन २०१६ अक्टोबर, १५-१६
#. L. साल्भाडोरसंग कुटनैतिक सम्बन्ध --> सन २०१६ Sept, १९
#. 11th G-20 सम्मेलन --> सन २०१६ सेप्टेम्बेर ४-५
#. मदर टेरेसालाई सन्त उपाधि --> सन २०१६ सेप्टेम्बेर, ४
#. आशियानको १९औ शिखर सम्मेलन --> २०१६ Sept, ६
#. डिल्मा रूसेफ बर्खास्त --> सन २०१६ सेप्टेम्बेर ६
#. गुट्रेस UNO महासचिवमा निर्वाचित --> २०१६ Oct,६
#. फिडेल क्यास्ट्रोको निधन --> सन २०१६ नोभेम्बर, २६
संकलक :- निशान बाबु थापा

संयुक्त राष्ट्र संघ-अन्तर्राष्ट्रिय दशक !!!

संयुक्त राष्ट्र संघ-अन्तर्राष्ट्रिय दशक !!!

१९८५–१९९४ एसिया तथा प्रशान्त क्षेत्रका लागि यातायात सञ्चार दशक

१९८८–१९९७ संस्कृति विकासका लागि विश्व दशक

१९९०–१९९९ अफ्रिकाको लागि दोस्रो औद्योगिक विकास दशक

१९९०–१९९९ तृतीय निशस्त्रीकरण दशक

१९९०–१९९९ राष्ट्रसंघीय अन्तराष्ट्रिय कानुन दशक

१९९१–२००० चौथो राष्ट्रसंघीय विकास दशक

१९९१–२००० अफ्रिकाको लागि दोस्रो यातायात तथा सञ्चार दशक

१९९१–२००० लागू पदार्थ विरुद्धको राष्ट्रसंघीय दशक

१९९५–२००४ अन्तर्राष्ट्रिय जनजाति दशक

२००५–२०१४ दिगो विकासका लागि अन्र्तराष्ट्रिय शिक्षा दशक, दोस्रो अन्तर्राष्ट्रिय आदिवासी दशक

२००५–२०१५ जीवनका लागि पानी अन्तर्राष्ट्रिय दशक

१९९७–२००६ संयुक्त राष्ट्रसंघीय गरिबी निवारण दशक

२००१–२०१० उपनिवेश उन्मूलनका लागि दोस्रो अन्तर्राष्ट्रिय दशक, विश्व बालबालिकाका लागि शान्ति र अहिंसाको संस्कृतिको अन्तर्राष्ट्रिय दशक

२००३–२०१२ संयुक्त राष्ट्रसंघीय साक्षरता दशक (सबैका लागि शिक्षा)

२००६ –२०१६ प्रभावित क्षेत्रका लागि पुनःस्थापना र दीगो विकास दशक

२००८–२०१७ दोस्रोसंयुक्त राष्ट्रसंघीय गरिबीको शिक्षा दशक

२०१०–२०२० संयुक्त राष्ट्रसंघीय मरुभुमि तथा मरुभूमीकरण बिरुद्धको दशक

२०११–२०२० संयुक्त राष्ट्रसंघीय जैविक विविधता दशक, सुरक्षित सडकका लागि कार्य दशक

विभिन्न वस्तुका लागि प्रसिद्ध स्थानहरु !!!


कफी : गुल्मी
खानेतेल : खोकना
अम्खोरा : पाल्पा
करुवा : पाल्पा
चिउरा : टिकनी बोडे
ताप्के : विरगंज
खुकुरी : भोजपुर
शालिग्राम : कालिगण्डकी
सानो दुधालु गाई : अछाम
भात खाने होटल : मुग्लिन
ढाका टोपी : पाल्पा
चामल : सिकरबेसी
उखु : धुनीवेशी
कालो टोपी : भादगाउँ
अदुवा : मालनेटा
चाकु : टोखा
नास्पति : फर्पिङ
तोरी : चितवन
सावर छाला : दैलेख
चिया : झापा , इलाम
माछा : बारबिसे ( सि.पा )
माटोका भाँडा : भक्तपुर

नेपालको संविधान, २०७२ को एक नालीबेली !!! कृपया शेयर गर्नुहोला ।

१. संविधान सभावमा बाहाल रहेका सदस्य संख्या ६०१ मध्ये ( १ निलम्बीत, १ निधन,
२ मनोनित गर्न बाँकी) –५९७
२. संविधानको पक्षमा मतदान गर्ने सभासद – ५०७
३. मतदानमा अनुपस्थित – ६५
४. संविधानको बिपक्षमा मतदान गर्ने सभासद –२५
५. संविभानको मुल प्रतिमा हस्ताक्षर गर्ने सभासद –५३७
६. संविधान सभाको प्रक्रिया बहिस्कार गर्ने – ५७ जना
७. मतदानमा अनुपस्थित सभासद – ८
८. मतदानमा अनुपस्थित भएपनि संविधानको प्रतिमा हस्ताक्षर गर्ने सभासद –५
९. प्रक्रियामा सहभागि दलबाट गयल हुने सभासद – ३
१०. पहिलो संविधान सभाको कार्यकाल – १४४० दिन (४ बर्ष)
११. पहिलो संविधान सभाको बैठक संख्या – १२३
१२. पहिलो संविधान सभा खास काममा खर्चेको समय –३८१ घण्टा २८ मिनेट
१३. दोस्रो संविधान सभाको कार्यदिन –५७१ दिन (१ बर्ष ६ महिना २६ दिन)
१४. दोस्रो संविधान सभाको बैठक संख्या –१३५
१५. दोस्रो संविधान सभा खास काममा खर्चेको समय –३२८ घण्टा भन्दा बढी
१६. संविधान सभाका लागि मुलुकले खर्चेको जम्मा जम्मी दिन – २०३१ दिन (५ बर्ष ६
महिना २६ दिन)
.
१७. ऐतिहासिक दिनहरु ः
• १२ बुदे समझदारी – २०६२ मंसिर ७
• शान्तिपूर्ण जनआन्दोलन –२०६२ चैत्र २६
• प्रतिनिधिसभा पुनःस्थापना –२०६३ बैशाख ११
• प्रतिनिधिसभा घोषणा –२०६३ जेष्ठ ४
• बिस्तृत शान्ति सम्झौता –२०६३ मंसिर ५
• अन्तरिम संविधान जारी –२०६३ माघ १
• पहिलो संविधान सभाको निर्वाचन –२०६४ चैत्र २८
• पहिलो संविधान सभाको बैठक /गणतन्त्र कार्यान्वयन –२०६५ जेष्ठ १५
• पहलिो संविधान सभाको अवसान –२०६९ जेष्ठ १४
• दोस्रो संविधान सभाको निर्वाचन –२०७० मंसिर ४
• दोस्रो संविधान सभाको पहिलो बैठक –२०७० माघ ८
• चार दल बिच १६ बुदे राजनैतिक सहमति –२०७२ जेष्ठ २५
• संविधानको पहिलो एकिकृत मस्यौदा निर्माण –२०७२ आषाढ १७
• मस्यौदामा जनताको सुझाव संकलन –२०७२ श्रोवण ४ र ५
• परिमार्जित बिधेयक तयार –२०७२ भाद्र ६
• संविधान विधेयक पारित –२०७२ भाद्र ३०
• संविधान प्रमाणिकरण –२०७२ असोज १
• नेपालको संविधान, २०७२ को घोषणा –२०७२ असोज ३
• नेपालको संविधान, २०७२ लागु –२०७२ असोज
.
१८. नेपालको संविधान, २०७२
भाग ३५, धारा ३०८, अनुसूचि ९
प्रदेशको संख्या– ७
जम्मा सांसद संख्या –८८४
प्रतिनिधि सभा सदस्य –२७५ (प्रत्यक्ष १६५, समानुपातिक ११०)
राष्ट्रिय सभा सदस्य –५९ (७ प्रदेशबाट ८÷८, राष्ट्रपतिबाट मनोनयन ३)
७ प्रदेशमा प्रदेशसभाका कुल सदस्य संख्या –५५०
अवको शासन (राज्य संरचना)– संघिय सरकार, प्रादेशिक सरकार, स्थानिय सरकार
.
१९. नेपालको संविधानमा २०७२ मा क–कसलाई हक ?
1. सम्मानपूवर्क बाँच्न पाउने हक
2. स्वतन्त्रताको हक
3. समानताको हक
4. संचारको हक
5. न्याय सम्बन्धि हक
6. यातना विरुद्धको हक
7. निवारक नजरबन्द बिरुद्धको हक
8. छुवाछुत तथा भेदभव विरुद्धको हक
9. संपत्तिको हक
10. धार्मिक स्वतन्त्रताकोहक
11. सूचनाको हक
12. गोपनियताको हक
13. शोषण विरुद्धको हक
14. स्वच्छ वातावरणको हक
15. शिक्षा सम्बन्धी हक
16. भाषा तथा सस्कृतिको हक
17. रोजगारीको हक
18. श्रमको हक
19. स्वास्थ्य सम्बन्धी हक
20. खाद्य सम्बन्धी हक
21. आवासको हक
22. महिलाको हक
23. बालबालिकाको हक
24. दलितको हक
25. जेष्ठ नागरिकको हक
26. सामाजिम न्यायको हक
27. सामाजिम सुरक्षाको हक
28. उपभोक्ताको हक
29. देशनिकाला विरुद्धको हक
30. संबैधानिक उपचारको हक
31. मौलिक हकको कार्यान्वयन
32. नागरिक कर्तव्य
२०. नेपालका संविधानहरु
1. नेपाल सरकारको बैधानिक कानून, २००४ –(६ भाग, ६२ धारा र फेरिस्त “क”)
2. नेपालको अन्तरिक शासन बिधान, २००७ –(७ भाग, ७३ धारा र १ अनुसूची)
3. नेपाल अधिराज्यको संविधान, २०१५ –(१० भाग, ७३ धारा र १० परिच्छेद)
4. नेपालको संविधान, २०१९ –(२० भाग, ९६ धारा र ६ अनुसूची)
5. नेपाल अधिराज्यको संविधान, २०४७ –(२३ भाग, १३३ धारा र ३ अनुसूची)
6. नेपालको अन्तरिम संविधान, २०६३ –(२५ भाग, १६७ धारा र ४ अनुसूची)
7. नेपालको संविधान, २०७२ –(३५ भाग, ३०८ धारा र ९ अनुसूची)
२१. ....................... हाम्रा प्रजाको शासन अव उप्रान्त निजहरुले निर्वाचन गरेको १ बैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्रमक विधान अनुसार होओस भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले ........... .................... २००७ फागुन ७ मा राजा त्रिभुवनबाट घन्केको वाक्यासं ।
२२. संविधानले २०६३ मंसिर १ बाट सुरु भएको शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याएको छ। यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ ।
२३. संविधानले जनतालाई बलियो बनाएको छ । सभागिता बढाउने आधार लिएको छ । तर खास परिक्षण कार्यान्वयन मै निर्भर हुन्छ । राजनैतिक नेतृत्वको दक्षता पनि त्यहीँ मापन हुन्छ ।
२४. तैपनि संविधान भद्दा छ, चिटिक्क छैन । जे होस संविधान सभाबाट पारित जनताद्वारा बनाईकाएको पहिलो संविभान नेपालको संविधान, २०७२ प्रारम्भ भएपछि इतिहासको गणना बल्ल सुरु हुन्छ । इतिहाल निर्माण भई सक्यो भन्ने होईन, निर्माण भूमि तयार भएको हो । काम त अव गर्नु पर्छ । संविधान वन्यो ऐतिहासिक काम भयो भनेर उत्सव मनाउदैमा २–४ बर्ष बिताउने हैन । तत्काल कार्यमा लागौँ ।
.
२५. अव गर्नु पर्ने खास कामहरु
रहलपहल सिमाङ्कन
राजधानी तय
स्थानीय निकायको पुर्नसंरचना
भौतिक पूर्वाधार
कर्मचारी व्यवस्था
निर्वाचन
२६. तुलनात्मक अध्ययानमा ३ संविधान
१) नेपाल अधिराज्यको संविधान, २०४७, २) नेपालको अन्तरिम संविभान, २०६३ ३) नेपालको संविधान, २०७२
1. सार्वभौमसत्ता– १.जनतामा निहित, २.जनतामा(राजकिय सत्तापनि), ३.जनातामा (राजकिय सत्तापनि)
2. राज्य– १.हिन्दु संवैधानिक राजतन्त्रात्मक अधिराज्य, २.धर्म निरपेक्ष समावेशी र पूर्ण लोकतान्त्रिक, ३.धर्म निरपेक्ष समावेशी लोकतन्त्रात्मक समाजवादी उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक
3. नागरिकता –१.बंशज, अंगिकृत र मानार्थ २.बंशज, अंगिकृत र मानार्थ ३. बंशज, अंगिकृत, मानार्थ र गैर आवाशिय नेपाली बाबु वा आमाको नामबाट प्रदेशको पहिचान हुने ।
4. भाषा – १.नेपाली राष्ट्र भाषा र सरकारी कामकाजको भाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषाको मान्यता २.नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रिय भाषा तर नेपाली सरकारी कामकाजको भाषा, स्थानिय निकायमा अरु मातृभाषामा पनि हुन ३. केन्द्रमा पुरानै निरन्तर, प्रदेशमा अन्य मातृभाषामा पनि सरकारी कामकाजको हुन र भाषा आयोगले मापदण्ड बनाएर भाषा सिफारिश गर्ने ।
5. शासकीय स्वरुप –१.कार्यकारिणी अधिकार श्री ५ र मन्त्रिपरिषद्मा २. कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा ३.कार्यकारिणी अधिकार मन्त्रीपरिषद्मा ।
6. सरकार प्रमुख – १.प्रधानमन्त्री, संसदको बुहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता २. प्रधानमन्त्रि, सबैदलको सहमति प्राप्त वा बहुमत प्राप्त व्यक्ति । ३.प्रधानमन्त्रि, संसदको बहुमत प्राप्त व्यक्ति वा ठुलो दलको नेता, दुई बर्ष सम्म अविश्वासको प्रस्ताव नलाग्ने । एक पटक अविश्वास प्रस्ताव असफल भएपछि अर्काे एक बर्ष सम्म राख्न नपाउने र अविश्वासको प्रस्ताव राख्दा बैकल्पिक प्रधानमन्त्रिको नाम दिनु पर्ने ।
7. राष्ट्र प्रमुख – १.राजा, राजा विहिनताको कल्पना छैन २. राष्ट्रपति, राष्ट्रिपति निर्वाचन अधि प्रधानमन्त्रिले राष्ट्र प्रमुखको काम गर्ने ३. राष्ट्रपति, राष्ट्रपति र उपराष्ट्रपति दुवै पद खालि भएका प्रधानमन्त्रिले राष्ट्र प्रमुखको काम गर्ने ।
8. राज्यको संरचना – १.एकात्मक २. संघिय हुने उल्लेख ३. संघ, प्रदेश र स्थानीय तह हुने प्रष्ट ।
9. नागरिक कर्तव्य – १. छैन २. छैन ३. ४ नागरिक कर्तव्य उल्लेख राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नु पर्ने ।
10. संधी सम्झौता – १. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने २. संसदको २/३ वाट अनुमोदन हुनु पर्ने ३. संसदको दुवै सदनको २/३ वाट अनुमोदन हुनु पर्ने
11. संसद विघटन – १.प्रधानमन्त्रिले गर्न सक्ने २. गर्न नसकिने ३. राष्ट्रपतिले गर्न सक्ने ।
12. प्रदेश सरकार – १.छैन २. छैन ३. प्रधानमन्त्रिको सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने, व्यवस्थापिकाको २०% भन्दा बढीको प्रदेशको मन्त्रिपरिषद नहुने ।
13. व्यवस्थापिका – १. २ सदनात्मक २. १ सदनात्मक ३. केन्द्रमा २, प्रदेश र स्थानिय तहमा १ सदनात्मक संघिय संसदमा १/३ महिला अनिवार्य ।
14. न्यायपालिका – १. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह २. जिल्ला, पुनरावेदन र सर्वोच्च गरी तीन तह ३. जिल्ला उच्च र सर्वोच्च गरी तीन तह, उच्च अदालतले पनि मौलिक हक सम्बन्धि रिट हेर्न पाउने र सर्वोच्च मै एक संवैधानिक इजलास रहने नयाँ व्यवस्था ।
15. संवैधानिक निकाय ः ४ । ५ । ११
16. प्रशासन ः १.केन्द्र सरकारले मात्र सरकारी सेवा गठन गर्न सक्न २. निरन्तरता ३. प्रदेश, गाउँ पालिका र नगरपालिकाले पनि सरकारी सेवा गठन गर्न सक्ने ।
17. सुरक्षा ः १. शाही नेपाली सेना र नेपाल प्रहरी २. नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ३. संघमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्र गुप्तचर तथा अनुसन्धानका संगठन रहने र प्रत्येक प्रदेशमा छुट्टै प्रहरी संगठन रहने ।
18. मन्त्रिपरिषदको आकार ः असिमित । असिमित । २५ सदस्यमा सिमित

कुन Vitamin को कमिले के रोग लाग्छ ??

कुन Vitamin को कमिले के रोग लाग्छ ??

# A - रतन्धो
# B1 - वेरीवेरी
# B2 - छालाको रोग
# B3 - पेलेग्रा
# B12 - रक्तअल्पता
# C - स्कर्भी
# D - रिकेट्स
# E - मांसपेसी कमजोर हुन

कति वर्षमा कुन जयन्ति मनाइन्छ !!!

कति वर्षमा कुन जयन्ति मनाइन्छ !!!

➤ पहिलो वर्ष — कागज जयन्ति
➤ दोस्रो वर्ष — कपास जयन्ति
➤ तेस्रो वर्ष — छाला जयन्ति
➤ चौंथो वर्ष — पुस्तक जयन्ति
➤ पाँचौं वर्ष — फलाम जयन्ति
➤ छैटौं वर्ष — काष्ठ जयन्ति
➤ सातौं वर्ष — तामा जयन्ति
➤ आठौं वर्ष — विद्युत जयन्ति
➤ नवौं वर्ष — माटाको भाडो जयन्ति
➤ दशौं वर्ष — टिन जयन्ति
➤ एघारौं वर्ष — स्पात जयन्ति
➤ बाह्रौं वर्ष — रेशम जयन्ति
➤ तेह्रौं वर्ष — िफत्ता जयन्ति
➤ चौधौं वर्ष — हात्ती दाँत जयन्ति
➤ पन्धौं वर्ष — मणिभ जयन्ति
➤ पच्चीसौं वर्ष — रजत जयन्ति
➤ तीसौं वर्ष — मोती जयन्ति
➤ पैतीसौं वर्ष — मुगा जयन्ति
➤ चालीसौं वर्ष — माणिक जयन्ति
➤ पैतालिस वर्ष — नीलमणि जयन्ति
➤ पचास वर्ष — स्वर्ण जयन्ति
➤ साठी वर्ष — हीरा जयन्ति
➤ पतहत्तर वर्ष — प्लाटिनम जयन्ति

कसलाई के भनेर चिनिन्छ !!!

कसलाई के भनेर चिनिन्छ !!!

➤ स्कुलका पिता — पद्म शमशेर
➤ सन्की राजा — श्री ५ सुरेन्द्र
➤ जिउँदो सिंह — अमरसिंह थापा
➤ कला बहादुर — माथवरसिंह थापा
➤ अभागी राजा — जयप्रकाश मल्ल
➤ सिमसिमे राजा — शिवसिंह मल्ल
➤ जनताका कम्युनिष्ट — पुष्पलाल
➤ बौलाहा युवराज — श्री ५ सुरेन्द्र
➤ बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल
➤ नेपालका शुकरात — नयराज पन्त
➤ दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह
➤ बूढा महाराज — भीम शमशेर
➤ नेपालको शाहजहाँ — खड्ग शमशेर
➤ धनकुटे राजा — देव शमशेर
➤ शेरे धनुषा — हेमबहादुर मल्ल
➤ नेपाल मण्डलेश्वर — यक्ष मल्ल
➤ धोकेवाज नेता — डा. तुलसी गिरी
➤ कोत पर्वकी आमा — राज्यलक्ष्मी
➤ जनक — शिरध्वज
➤ अवसरवादी नेता — विश्ववन्धु थापा
➤ नाति जर्न्ेल — पशुपति शमशेर राणा
➤ युगले मागेको नेता — जङ्गबहादुर राणा
➤ अयोग्य राजा — श्री ५ राजेन्द्र
➤ न्याय गर्ने राजा — राम शाह
➤ राजाका पञ्च — कीर्तिनिधि विष्ट
➤ नेपालेश्वर — श्रीनिवास मल्ल
➤ कलहा भिमानी — अंशुवर्मा
➤ नेपालको लियोनार्दो दा भिन्ची — अरनिको
➤ शिक्षाको दधीचि —शंकरदेव पन्त
➤ फिस्टे महाराज — चन्द्र शमशेर
➤ रुन्चे महाराज — पद्म शमशेर
➤ नानी युवराज — सुरेन्द्र
➤ शान्तिश्री — प्रचण्डदेव
➤ जिउँदो सहिद — टंकप्रसाद आचार्य
➤ पञ्चको शाह — शरदचन्द्र शाह
➤ राजनीतिज्ञ राजा — महेन्द्र
➤ संकटको पञ्च — सूर्यबहादुर थापा
➤ माहिला मिनिष्टर —बमबहादुर राणा
➤ हरिततारा — भृकुटी
➤ राजाका कम्युनिष्ट — केशरजंग रायमाझी
➤ धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर
➤ धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई
➤ खलङ्गाको नायक — बलभद्र कुँवार
➤ खरदार बा — कृष्णप्रसाद कोइराला
➤ सान्दाजु — वि.पि कोइराला
➤ लौह पुरुष — गणेशमान सिंह
➤ सर्वोच्च नेता — गणेशमान सिंह
➤ एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी
➤ राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह
➤ राष्ट्रपिता — त्रिभुवन
➤ पञ्चायतको मलामी — मरिचमान सिंह
➤ स्वामी महाराज — रणबहादुर शाह
➤ स्वामी अभयानन्द — रणवीरसिंह थापा
➤ राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय
➤ विमान पण्डित — अच्यूतानन्द