Sunday, 30 August 2015

वि.स. २०७२ को शिक्षक सेवा आयोग, निम्नमाध्यमिक तहमा सोधिएका वस्तुगत प्रश्नोत्तर !!!

१. अक्षरांक शिक्षा पुस्तकका लेखक को हुन् ?
= जयपृथ्वीबहादुर सिंह
२. भारतले प्राथमिक शिक्षालाई कस्तो शिक्षाका रुपमा लिएको छ ?
= आधारभूत शिक्षा
३. बालअधिकार सम्बन्धी अवधारणको सूत्रपात सर्वप्रथम कुन घोषणाले गरेको हो ?
= जेनेभा घोषणा
४. सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) अन्तर्गत विद्यालय तहको शिक्षामा सान्दर्भिकता अभिवृद्धिका लागि तय गरिएको एउटा रणनीति तलकामध्ये कुन हो ?
= २० प्रतिशत स्थानीय परिवेशका विषयवस्तु पाठ्यक्रममा समावेश गर्ने
५. माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३– २००८) को उद्देश्य तलका मध्ये कुन होइन ?
= शिक्षक शिक्षा
६. तलकामध्ये कुनचाहिं दैनिक पाठयोजनाको अंग होइन ?
= पाठ्यवस्तु
७. निर्माणात्मक मूल्यांकनका मुख्य उद्देश्यमा तल लेखिएकामध्ये कुन पर्दैन ?
= उपलब्धिका आधारमा कक्षा पदोन्नति गर्न
८. राष्ट्रीय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले माध्यमिक शिक्षाको संरचना कति तहको हुनुपर्ने सुझाव दिएको छ ?
= ३ तह
९. उत्तर बाल्यावस्थाका बालबालिकाहरुलाई शिक्षाविदहरुद्वारा प्रयोग गरिने नाम तलका मध्ये कुनचाहिं हो ?
= प्रारम्भिक विद्यालय उमेर
१०. विद्यालय सुधार योजना निर्माण गर्दा कतिओटा चरणहरु पूरा गर्नुपर्छ ?
= १२ चरण
११. समान कामका लागि महिला र पुरुषबीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन- यो हक नेपालको अन्तरिम संविधान २०६३ को कुनचाहिं मौलिक हक अन्तर्गत पर्दछ ?
= समानताको हक
१२. नेपालको अन्तरिम संविधान २०६३ ले नेपालको कार्यकारिणी काम कसको नाममा हुने व्यवस्था गरेको छ ?
= नेपाल सरकार
१३. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार विद्यालय व्यवस्थापन समिति विघटन गर्ने अधिकार कुन निकायलाई हुन्छ ?
= जिल्ला शिक्षा समिति
१४. अध्यापन अनुमतिपत्र नलिई शिक्षक पदको उम्मेदवार हुन नपाउने व्यवस्था शिक्षा ऐन २०२८ को कुन संशोधनले गरेको हो ?
= सातौं संशोधन
१५. गाउँ शिक्षा समितिमा कतिजना सदस्यहरु रहने व्यवस्था शिक्षा ऐन २०२८ (संशोधनसहित) ले गरेको छ ?
= ७ जना
१६. शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार सामुदायिक विद्यालयको व्यवस्थापन समितिले तलका मध्ये कुन काम गर्दछ ?
= शिक्षकलाई तालिमका लागि छनोट गर्ने
१७. स्थायी नियुक्ति भएको शिक्षक सेवा अवधि कति वर्ष पुगेपछि एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने व्यवस्था छ ?
= १ वर्ष
१८. विद्यार्थीले पालना गर्नुपर्ने थप आचारसंहिता कसले निर्धारण गर्दछ ?
= विद्यालय व्यवस्थापन समितिले
१९. शिक्षक सेवा आयोग नियमावली २०५७ अनुसार अन्तर्वार्ताका लागि छुट्याइएको अंकमध्ये शैक्षिक योग्यताका लागि कति अंक छुट्याइएको छ ?
= ३ अंक
२०. प्रधानाध्यापक र शिक्षक समान तह र श्रेणीको भएमा प्राथमिक र निम्नमाध्यमिक शिक्षकको सुपरीवेक्षकको हैसियतले कसले अंक प्रदान गर्ने व्यवस्था छ ?
= स्रोत व्यक्ति
संकलन : कमल प्रसाद मरासिनी 

Saturday, 22 August 2015

नेपालका निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रहरु विशेष खुराक !!!

कृपया अत्यधिक शेयर गर्नुहोला ।
राष्ट्रिय निकुञ्जहरु

१. चितवन राष्ट्रिय निकुञ्ज
स्थापना = २०३०
क्षेत्र = चितवन,मकवानपुर,पर्सा
क्षेत्रफल = ९३२ वर्ग कि.मि.
विशेषता = एकसिंगे गैंडा,पाटे
बाघ,चितुवा,रतुवा,चित्तल,घडियाल गोही,मगर
गोही,सोंस,अजिङ्गर तथा विविध जातका चराहरु
(नेपालकोघोषित पहिलो राष्ट्रिय निकुञ्ज)

२. शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
स्थापना = २०४०
क्षेत्र = डोल्पा,मुगु
क्षेत्रफल = ३५५५ वर्ग कि. मि.
विशेषता = हिउँ चितुवा,तिब्बती
खरायो,नाउर,निलोभेंडा,कस्तुरी,मृग,जङ्गली
याक,ब्वाँसो,(शे–फोक्सुन्डो ताल)
(नेपालको सबैभन्दाठूलो राष्ट्रिय निकुञ्ज)

३. लाङटाङ राष्ट्रिय निकुञ्ज
स्थापना = २०३२
क्षेत्र = रसुवा,नुवाकोटर सिन्धुपाञ्चोक
क्षेत्रफल = १७१० वर्ग कि. मि.
विशेषता = चितुवा,हाब्रे (रातो पण्डा) कस्तुरी
मृग,रतुवा,झारल,घोरल,थार,जङ्गली भेंडा,भालु,लङ्गुर
बाँदर (जैविक विविधताका दृष्टिकोणले विश्वकै अग्रणी स्थान)

४. सगरमाथा राष्ट्रिय निकुञ्ज
स्थापना = २०३२
क्षेत्र = सोलुखुम्बु
क्षेत्रफल = ११४८वर्ग कि. मि.
विशेषता = कस्तुरी मृग,हिमाली
भालु,डाँफे,चिलिमे,कालीज,लालचुच्चे (सर्वाधिक उचाइमारहेको राष्ट्रिय निकुञ्ज)

५. रारा राष्ट्रिय निकुञ्ज
स्थपना = २०३२
क्षेत्र = मुगु,जुम्ला
क्षेत्रफल = १०६ वर्ग कि. मि.
विशेषता = हिमाली भालु,थार,घोरल,बँदेल र
विविधजातका चराचुरुङ्गी (सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज)

६. बर्दिया राष्ट्रिय निकुञ्ज
स्थापना = २०३२
क्षेत्र = बर्दिया
क्षेत्रफल = ९६८ वर्ग कि. मि.
विशेषता = बाघ,भालु,चितुवा,कृष्णसार,घोडगदाह,
जरायो,जंगली हात्ती,गैंडा,गोही,सोँस तथा विविध जातका चराहरु

७. मकालु बरुण राष्ट्रिय निकुञ्ज
स्थापना = २०४८
क्षेत्र = संखुवासभा र सोलुखुम्बु
क्षेत्रफल = १५०० वर्ग कि. मि.
विशेषता = विश्वका दुर्लभ वनस्पति र प्राणीहरू
(पहिले नदेखिएको छिर्केमिर्के
रेनबेब्लर,ओलिफग्राउण्ड,वार्वलभर)

८. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज
स्थापना = २०५८
क्षेत्र = काठमाडौँ,नुवाकोट,सिन्धुपाञ्चोक र धादिङ
क्षेत्रफल = १५९ वर्ग कि. मि.
विशेषता = काठमाडौँमा दैनिक १० लाख क्यूविक
लिटरपानी उपलब्ध हुने तथा अन्य विविधजातका
जीवजन्तु पाइने ।

९. बाँके राष्ट्रिय निकुञ्ज
स्थापना = २०६७
क्षेत्र = बाँके,सल्यान,दाङ
क्षेत्रफल = ५५० वर्ग कि. मि.
विशेषत = बाघ,पक्षीहरु (सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज)
१०. खप्तड राष्ट्रिय निकुञ्ज
स्थापना = २०४२
क्षेत्र = बझाङ,बाजुरा,डोटी,अछाम
क्षेत्रफल = २२५ वर्ग कि. मि.
विशेषता = रतुवा,कस्तुरी
मृग,घोरल,चितुवा,जङ्गलीकुकुर,वन बिरालो,साथै
डाँफे,मुनालजस्ता चराहरु

नेपालका वन्यजन्तु आरक्ष,संरक्षित पन्क्षी र चराहरु
१. शुक्लाफाँट वन्यजन्तु आरक्ष
स्थपना = २०३१
क्षेत्रफल = ३०५ वर्ग कि. मि.
क्षेत्र = कञ्चनपुर
विशेषता = हात्ती,पाटेबाघ,भालु,चितवा,लघुना,गोही,एवं चराचुरुङ्गी ।

२. कोशीटप्पु वन्यजन्तु आरक्ष
स्थापना = २०३२
क्षेत्रफल = १७५ वर्ग कि. मि.
क्षेत्र = सुनसरी
विशेषता = दुर्लभ अर्ना,घडियाल तथामगरगोही,सोस तथा विभिन्नमाछा तथा चराचुरुङ्गी ।

३. पर्सा वन्यजन्तु आरक्ष
स्थापना = २०४०
क्षेत्रफल = ४९९ वर्ग कि. मि .
क्षेत्र = चितवन,मकवानपुर,पर्साका केही भागहरू
विशेषता = जङ्गली
हाती,बाघ,चितुवा,जरायो,घोडदह,बंदेल ।

नेपालमा संरक्षित जीवजन्तुहरू

स्तनधारी जनावर

१. आसामी रातो बाँदर
२. सालक (चाइनिज)
३. सालक (इन्डियन)
४. खैरो ब्वाँसो
५. खैरो भालु
६.रातो पाण्डा
७. पाटे सिलु
८. धस्रे हुँडार
९. चरी बाघ
१०. ध्वासे चितुवा
११. लिङकस
१२. बाघ
१३. हिउँ चितुवा
१४. सोंस
१५. जङ्गली हात्ती
१६. गैँडा
१७. कस्तुरी मृग
१८. बाह्रसिङ्गे
१९. गौर
२०. जङ्गली चौँरी
२१. अर्ना
२२. चौका
२३. कृष्णसार
२४. चिरू
२५. नायन
२६. हिस्पिड खरायो
२७. पुड्के बँदेल

घस्रने जीवहरु

१. घडियाल गोही
२. सुन गोहोरो
३. अजिङ्गर

चराहरु

१. कालो स्टोर्क
२. सेतो स्टोर्क
३. ठूलो धनेस
४. मुनाल
५. चीर
६. खर मयूर
७. सानो खर मयूर
८. सारस
९. डाँफे

शिकार आरक्ष र संरक्षित क्षेत्रहरु

१. ढोरपाटन वन्यजन्तु शिकार आरक्ष

स्थापना = २०४१
क्षेत्रफल = १३२५ वर्ग कि. मि.
क्षेत्र = रूकुम,बाग्लुङतथा म्याग्दीको केही भाग
विशेषता = नाउर,झारल,थार,हिमाली भालु नीलोभेडा
संरक्षित क्षेत्रहरु

१. मनासलु संरक्षित क्षेत्र

स्थपना = २०५५
क्षेत्रफल = १६६३ वर्ग कि. मि.
क्षेत्र = लमजुङ र गोर्खा
विशेषता = उन्नतीस प्रजातिका स्तनधारी, हिउँ
चितुवा,कस्तुरी,मृग,नाउर,झारललगायत विभिन्न चराहरुर सर्प जातिहरू

२. अन्नपूर्ण संरक्षित क्षेत्र

स्थापना = २०४९
क्षेत्रफल = ७६२९ वर्ग कि. मि.
क्षेत्र = लमजुङ,मनाङ मुस्ताङ,म्याग्दी, कास्की
विशेषता = हिमाली दुर्लभ जिवजन्तु,वनस्पति तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण

३. कञ्चनजङ्घा संरक्षित क्षेत्र

स्थापना = २०५४
क्षेत्रफल = २०३५ वर्ग कि. मि.
क्षेत्र = ताप्लेजुङ
विशेषता = हिउ,चितुवा,कस्तरी
मृग,हिमभालु,ब्वाँसो,नाउर,घोरलआदि

४. अपिनाम्पा संरक्षित क्षेत्र

स्थापना = २०६६
क्षेत्रफल = १९०३वर्ग कि. मि.
क्षेत्र = दार्चुला
विशेषता = हिउ चितुवा,घोरल,कालोभालू,थार,जरामसी, यार्सागुम्बा,पाँच औंले आदि

५. गौरीशंकर संम्रक्षित क्षेत्र

स्थापना = २०६६
क्षेत्रफल = २१७९ वर्ग कि. मि.
क्षेत्र = रामेछाप,दोलखा र सिन्धुपाल्चोक

Thursday, 20 August 2015

नेपालका प्रमुख ऐतिहासिक घटनाक्रमको एक खुराक !!!

कृपया अत्यधिक शेयर गर्नुहोला ।

ऐतिहासिक घटनाक्रम मिति

विपश्वी बुद्धको नेपाल आगमन
= सत्ययुग

मञ्जुश्रीले काठमाडौँ उपत्यकाको पानीकाटी बगाएर बस्ती बसाएको
= त्रेतायुग

नेपालका प्रथम राजा धर्माकर
= त्रेतायुग

छैटौँ किराती राजा हुमती = महाभारतको युद्धकाल
गौतम बुद्धको नेपाल आगमन = सातौँ किराती राजा जितेदास्तीका पालामा
सम्राट अशोकको नेपालआगमन = चौधौँ किराती राजास्थूंकका पालामा
लिच्छवि वंशको उदय = लगभग सन् ११०प्रथम लिच्छवि राजा जयदेवको शासनकालईशाको सुरुतिर
वसन्तदेवको राज्यारोहण = वि.स. ५६३
मानदेवको शासनकाल = शाके संवत् ३८६ देखि ४१३
अंशुवर्माको उदय = वि.स.६६२
नगराजद्वारा खस राज्यको स्थापना = ई.११५०
खस साम्राज्यका क्राचल्लको राज्यरोहण = वि.स. १२६४
खस राजा जितारी मल्लद्वारा काठमाडौँ उपत्यका आक्रमण = वि.स. १३४४ पुस,१३४५फागुन,१३४६ फागुन
आदित्य मल्लद्वारा उपत्यका आक्रमण = वि.स.१३८४
नान्यदेव तिरहुतमा (सिम्रौनगढ) कर्णाटक राज्यको स्थापना = वि.स.११५४
सिम्रौनगढका अन्तिम राजा हरिसिंहदेवमाथि दिल्लीकामुसलमान बादशाह गयासुद्दिन तुगलकद्वारा आक्रमण
कर्णाटक राज्य ध्वस्त = वि.स.१३८१
मल्लकालको उदय = वि.स.१२५७
प्रथम मल्ल राजा अरिमल्लको राज्यकाल = वि.स.१२५७–१२७४
रत्नमल्लको राज्यकाल = वि.स.१५४१–१५७७
गोर्खाका राजा राम शाहको राज्यकाल = वि.स.१६६३–१६९०
प्रताप मल्लको राज्यकाल = वि.स.१६९८–१७३१
महेन्द्र मल्लको राज्यारोहण = वि.स.१६१७
सिद्धिनरसिंह मल्लद्वारा पाटनको कृष्णमन्दिरको स्थापना = वि.स. १६९३
भूपतेन्द्र मल्लको राज्यकाल = वि.स. १७५३–१७७९
fb.com/100007384394013 यक्षमल्लको राज्यकाल = वि.स.१४२८–१५३९
जयस्थिति मल्लको राज्यरोहण = वि.स.१३८०
बंगालका शासक समुसुद्दिन इलियासद्वारा नेपालमाथि आक्रमणवि.स.१४०६द्रव्यशाहद्वारा गोरखा राज्यको स्थापना = वि.स.१६१६
पृथ्वीनारायण शाहद्वारा नुवाकोटमाथि पहिलो आक्रमण = वि.स.१८००
पृथ्वीनारायण शाहद्वारा नुवाकोटमाथि दोस्रो आक्रमण तथा विजय = वि.स.१८०१
कीर्तिपुरमाथि पहिलो आक्रमण = वि.स.१८१४ जेठ १९
मकवानपुर माथि विजय = वि.स.१८१९ भाद्र ९
बंगालका नवाब मिरकासिमद्वारा गुरगिन खाँको नेतृत्वमा पठाइका सेनामाथि गोरखालीको विजय = सन् १७६३ जनवरी ३०
कीर्तिपुरमाथि दोस्रो आक्रमण = वि.स.१८२१ असोज ४
कीर्तिपुरमाथि तेस्रो आक्रमण तथा विजय = वि.स.१८२२ चैत ३
जयप्रकाश मल्लको सहयोगका लागि किनलकको नेतृत्वमा पठाएको अङ्ग्रेज फौजमाथि गोरखाली आक्रमण तथा विजय = वि.स.१८२४
काठमाडौँ विजय = वि.स.१८२५ भाद्र (इन्द्रजात्रा) का दिन
ललितपुर विजय = वि.स.१८२५
भक्तपुर विजय = वि.स.१८२६ कार्तिक शुक्ल द्वादशी
पृथ्वीनारायण शाहको निधन = वि.स.१८३१
नेपाल र तिब्बतबीच व्यापारिक सन्धि = सन् १७७५ सेप्टेम्बर
नेपाल र गढवालबीचको शान्ति सम्झौता = सन् १७९१
नेपाल तिब्बतबीच पहिलो युद्ध = सन् १७८८–१७८९
नेपाल तिब्बतबीच केरुङ सन्धि = सन् १७८९ जुन २
नेपाल र इस्ट इन्डिया कम्पनीबीच व्यापारिक सन्धि = वि.स. १८४९ वैशाख ३
fb.com/100007384394013 गोरखापत्र प्रकाशन = वि.सं. १९५८
बासठ्ठीहरण वा बिर्ताहरण = वि.स. १८६२
नेपाल–अङ्गे्रज युद्ध = सन् १८१४–१८१६
सुगौली सन्धि = वि.स. १८७२ पुस(३ मार्च १८१६)
भण्डारखाल पर्व = सन् १८४६ अक्टुबर३१, (१९०३ कार्तिक १५)
नेपाल–तिब्बतबीच दोस्रो युद्ध = सन् १८५५–१८५६
कोतपर्व = वि.स. १९०३ असोज २ गते
अलौ पर्व = वि.स.१९०४ वैशाख
जङ्गबहादुरलाई श्री ३ को उपाधि = वि.स.१९१३ श्रावण
रणोद्विप सिंहको हत्या = वि.स.१९४२
नेपालको पहिलो मुलुकी ऐन = वि.स.२०१०
सती प्रथा उन्मूलन = वि.स.१९२०
मकै पर्व = वि.स.१९७७
दास प्रथा उन्मूलन = वि.स.१९८०
आर्य प्रचारमा प्रतिबन्ध = वि.स.१९३०
लाइब्रेरी पर्व = वि.स. १९८७
प्रचण्ड गोरखा पर्व = वि.स.१९८८
नेपाल प्रजापरिषद्को स्थापना = वि.स.१९९३ जेठ २०
अखिल भारतीय नेपाली काङ्ग्रेसको स्थापना = वि.स.२००२ माघ १२
नेपाली प्रजातन्त्र काङ्ग्रेसको स्थापना = सन् १९४९
जोगवनी सम्मेलन = वि.स.२००४ जेठ
प्रथम मजदुर हड्ताल = वि.स.२००३ फागुन ११
जयतु संस्कृतम् राणा शासनविरुद्ध सत्याग्रह = वि.स.२००४ वैशाख १
नेपालको वैधानिक कानुन घोषणा = वि.सं. २००४ माघ १३
नेपाल प्रजा पञ्चायत = वि.स.२००५ आश्विन
नेपाल कम्युनिस्ट पार्टीको स्थापना = वि.स.२००६ भाद्र ३०
नेपाल–भारत मैत्री सन्धि = वि.स.२००७ श्रावण
प्रजातन्त्रको घोषणा = वि.स.२००७ फागुन ७
नेपालको अन्तरिम शासन विधान = वि.स.२००७ फागुन ७
पहिलो आमनिर्वाचन = वि.स.२०१५
पञ्चायती व्यवस्थाको स्थापना = वि.स. २०१७ पुस १
नेपालको संविधान,२०१९ घोषणा = वि.सं. २०१९ पुस १
गाउँफर्क अभियान = वि.स. २०२८
शान्ति क्षेत्र प्रस्ताव =वि.स.२०३१ फागुन १३
fb.com/100007384394013 जनमत सङ्ग्रहको घोषणा वि.स.२०३६ जेठ १०
जनमत सङ्ग्रह = वि.सं. २०३७ वैशाख २०
सत्याग्रह = वि.स.२०४२
संयुक्त वाममोर्चाको गठन = वि.स.२०४६ माघ २
बहुदलीय व्यवस्थाको पुनर्बहाली = वि.स.२०४६ चैत्र २६
नेपाल अधिराज्यको संविधान,२०४७ = वि.स. २०४७ कात्तिक २३
नेकपा (एमाले)को स्थापना = वि.स.२०४७ पुस २२
प्रजातन्त्र पुर्नबहालीपछिको पहिलो आमनिर्वाचन = वि.स.२०४८ वैशाख २९
मध्यावधि निर्वाचन = वि.स.२०५१ कात्तिक २९
नेकपा माओवादीद्वारा सशस्त्र विद्रोह सुरु = वि.स.२०५२ फागुन २
आमनिर्वाचन = वि.स.२०५६ वैशाख २ र ३
राजदरबार हत्याकाण्ड = वि.स.२०५८ जेठ १९
राजा ज्ञानेन्द्रबाट शाही घोषणा = वि.स.२०६१ माघ १९
नेपाल सरकार र माओवादीबीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर = वि.स. २०६३ मंसिर ५
नेपालको अन्तरिम संविधान,२०६३ जारी = वि.सं. २०६३ माघ १
नेपालमा ऐतिहासिक संविधान सभाको पहिलो निर्वाचन = वि.स. २०६४ चैत्र २८
संविधानसभाको पहिलो बैठक/गणतन्त्रको घोषणाशाहवंशीय राजतन्त्रको अन्त्य = वि.स. २०६५ जेठ १५
राजा ज्ञानेन्द्रबाट नारायणहिटी दरबार छाडेको = वि.सं. २०६५ जेठ २९
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न = वि.स. २०६५ साउन ६
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको सपथ ग्रहण = वि.सं. २०६५ साउन ८
ने.क.पा. माओवादीका नेता पुष्पकमल दाहाल (प्रचण्ड)कोअध्यक्षतामा पहिलो गणतान्त्रिक सरकार गठन = वि.स. २०६५ भाद्र
संविधानसभाको विघटन = वि.सं. २०६९ जेठ १४
अन्तरिम चुनावी मन्त्रिपरिषद्को गठन = २०६९ चैत्र १
दोश्रो संविधानसभाको निर्वाचन = वि.सं.२०७० मङ्सिर ४

Wednesday, 19 August 2015

प्रमुख लिच्छविकालिन राजाहरु !!!

प्रथम लिच्छवी राजा - जयदेव प्रथम

1.मानदेव भन्दा १६औं पस्ता अगाडीका
2.बिक्रम शताब्दीका दोस्रा

हरिदत्त
1.नेपालमा वैष्णव धर्मको उत्थान गर्ने
2.उपत्यकाका चार नारायणको स्थापना

वृषदेव
1.१०० वर्ष शासनकाल
2.राजोत्तम र सुगत शासन तत्पर भनी प्रशंसा,

विश्वदेव
1.स्वयम्भु चैत्यको स्थापना र चावहिल चैत्यको निर्माण

शंकरदेव
1.प्रराक्रमी, दानी, ऐश्वर्यशाली, अनुशासनप्रीय, यशस्वी,
2.भारदारहरुलाई अनुशासनमा राख्न सक्ने , पृथ्वीका रक्षक
धर्मदेव
1.स्रष्टाको संवृद्धिको लागी कार्यरत
2.धर्मप्रिय, दण्डनितिका ज्ञाता अनुशासित

मानदेव
1.माता /पिता : सत्यवती , धर्मदेव
2.जन्म : वि.स. ५०३
3.शासनकाल : वि.स.५२१ देखि ५६२ सम्म ४१ वर्ष शासनकाल
4.लिच्छवीकालका प्रतापी,प्रजा हितैषी र दुरदर्शी एव्म पहिलो प्रमाणित राजा
5.विजय यात्राको प्रचलन,
6.नाग र बासुकीको पुजा गर्ने चलन
7.मानाङ्क मुद्रा प्रचलन (एकातिर कमल,सिंह र अर्कातिर भोगिनी अंकित)
8.सर्वप्रथम अभिलेख राख्ने
9.मानगृह र चाँगुनारायण मन्दिर (प्यागोडा शैलीको पुरानो मन्दिर)
10.मातालाई सतिजानबाट रोके , शासन केन्द्र मातातिर्थ
बसन्तदेव
1.२६ वर्ष शासन गरे ५६३ देखि ५८९ सम्म
2.प्रजा हितैषी राजा , द्वैध शासन शुरु
3.शिलालेखमा श्वस्ती “नेपालेभ्य” अर्थात “नेपालको कल्याण होस” भन्ने वाक्य उल्लेख गर्ने राजा

अंशुवर्मा
1.शासनअवधी वि.स.६६२ देखि ६७८ सम्म १६ वर्ष
2.कैलाशकट भवन हाँडीगाँउ , शब्दविद्या ग्रन्थका लेखक
3.सर्वप्रथम महाराजाधिराज पदवी धारण , युवराजधिराज घोषणा
4.सर्वप्रथम बालकको सालनाल काटने चलन,
5.पशुपतिनाथलाई राष्ट्रिय देवताको उपाधी
6.महासामन्त,कलहाभिमानी, पशुपतिपादानुगृहित पदवी धारण
7.बोधिसत्य अवतार, ठकुरी वंश , पशुपत सम्प्रदाय
8.वर्णाश्रम सामाजिक व्यवस्थामा जोड, पाञ्चाली संयन्त्र गठनगरी गाउस्तरमा विकेन्द्रित शासन प्रणली

नरेन्द्रदेव
1.शासनअवधी वि.स.७०२ देखि ७३६सम्म
2.लिच्छवीकालिन आकाशको पूर्ण चन्द्र भनि चिनिने , “पण र पराण” मुद्रा चल्तिमा ल्याउने
3.महाराजाधिराज परम भट्टारक पदवी धारण, भद्राधिवास भवनको निर्माण
4.सिंहासन शब्दको शुरुवात , झयालमा बुट्टा राखने चलन ,
प्रचण्डदेव
1.पशुपतिनाथको मन्दिर स्थापना ,
2.शान्तिश्री का नामले चिनिने
3.स्वम्भुको ज्योतिलाई छोपी सो माथि चैत्यको निर्माण

गुणकामदेव (लक्ष्मीकामदेव)
1.कान्तिपुरका संस्थापक,
2.इन्द्रजात्रा , हिलेजात्रा , कृष्णजात्रा , लाखेजात्रा,कुमारी बनाई पुजा गर्ने चलन
3.गुणाङ्क मुद्राको प्रचलन , आधुनिक काठमाडौंका निर्माता
4.ई.सं. ९८७ र ९९० सम्मका अभिलेखमा उल्लेख २ पटक काठमाडौं उपत्यकामा शासन
स्रोत : आयोग तयारी

केही प्रमुख ताल, धर्मिक स्थल, कुण्ड र दहहरु !!!

१. तिलिचो ताल
विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल ४९१९ मिटरकोउचाइमा फाक्चे हिमालको काखमा रहेको छ । यो मनोरम ताल मुस्ताङकोसाँघमा अन्नपूर्ण हिमालको उत्तरी भेक मनाङ जिल्लामा पर्दछ । यो तालकोलम्बाइ करिब ४ कि.मि. तथा चौडाइ १.२ कि.मि. छ । यो तालको गहिराइ करिब२०० मिटर जति रहेको छ । यस ताललाई तिरि–चो वा तिलिजो पनि भनिन्छ । यसतालको उत्तरतिर निलगिरी र दक्षिणतर्फ अन्नपूर्ण हिमालय पर्दछ । हिउँ,जल तथाढुङ्गाको सौन्दर्यमा खुलेको हुनाले यो ताल अति नै मनमोहक छ ।
२. रारा ताल
मुगु जिल्लामा अवस्थित यो ताल नेपालको सबैभन्दा ठूलो तालको रूपमा प्रसिद्धछ । यसको लम्बाइ ५.२ कि.मि.,चौडाइ २.४ कि.मि. र गहिराइ १६७ मिटर छ ।यो समुन्द्र सतहदेखि ३२०० मिटर उचाइमा रहेको छ र यसलाई महेन्द ्रताल पनिभनिन्छ । यो ताल अति रमणीय छ ।
३. फोक्सुण्डो ताल
फोक्सुण्डो ताल कर्णाली अञ्चलको डोल्पा जिल्लामा अवस्थित छ । कान्जिरोवाहिमालको दक्षिण फेद तथा भेरीको मुख्य शाखा जगदूल्ला खोलाको शिरानकागमारा लेकको काखमा अवस्थित फोक्सुण्डो ताल समुद्र सहतदेखि करिब३६१३ मिटरको उचाइमा अवस्थित छ । यो ताल उत्तर दक्षिणतर्फ लामो एवंपूर्वपश्चिमतर्फ चौडा देखिन्छ । यो तालको लम्बाइ करिब ४.८२ कि.मि. तथाचौडाइ १.६१ कि.मि. रहेको छ । यस तालको स्थानीय नाम‘रिग्मो’हो । यो तालतीनकुने लाम्चो आकारको छ । यो ताल रारा ताल पछिको दोस्रो ठूलो र मुलुककोसबैभन्दा गहिरो ताल हो जसको गहिराइ करीब ६५० मिटर रहेको अनुमान गरिएकोछ । यो तालको पानी अत्यन्तै चिसो भएको कारणले गर्दा यस तालमा कुनैकिसिमका जीवात्मा पाइँदैनन् । यस तालको निकासको रूपमा रहेको सुलीगडखोलामा करिब १७६ मिटरको झरना पनि बनाएको छ ।
४. फेवा ताल
कास्की जिल्लाको पोखरामा रहेको फेवातालको लम्बाइ ४.८ कि.मि.,चौडाइ १.५कि.मि.र गहिराइ २४ मि. रहेको छ । यो तालमा माछापुच्छे«को छायाँ देखिने हुनालेबडो मनमोहक हुनाको साथै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ ।
५. च्छो रोल्पा ताल
यो ताल दोलखा जिल्लामा पर्दछ । यो समुन्द्र सतहदेखि ४,५८० मिटरको उचाइमाअवस्थित छ । यस तालको लम्बाइ ३ कि.मि.,चौडाइ ०.५ कि.मि.र गहिराई १००मिटर रहेको छ । यो तालमा करिव ८ करोड घनमिटर पानी रहेको अनुमान छ ।विस्फोटन हुने खतरामा रहेको यस ताललाई विस्फोटनबाट बचाउन पानी बाहिरनिकाल्न साइफन जडान गरिएको छ ।
६. रानी पोखरी
राजा प्रताप मल्लले पुत्र शोकले पीडित आफ्नी रानी अनन्तप्रियालाई सान्त्वनादिलाउनका लागि रानी पोखरीको निर्माण गरेका थिए । यो पोखरीको लम्बाइ१८० मिटर,चौडाइ १४० मिटर र क्षेत्रफल झण्डै ३२ रोपनी छ । यस पोखरीकोउत्तरपूर्व र उत्तरपश्चिम कुनामा भैरव,दक्षिणपूर्व कुनामा महालक्ष्मी र दक्षिणपश्चिमकुनामा सोह्रहाते गणेश स्थापना गरिएको छ ।
७. बेगनास ताल
रूपातालसँगै पचभैया डाँडाको अर्को पाखामा बेगनास ताल रहेको छ । समुद्रीसतहबाट ६७७ मिटर उचाइमा अवस्थित ७.५ मि. गहिरो यो ताल २२५ हेक्टरमाफैलिएको छ ।
८. टौदह
काठमाडौँ उपत्यका जलमय भएको अवस्थामा मन्जुश्रीले खड्गले काटेर वा भगवानश्रीकृष्णले चक्र प्रहार गरी चोभारको गल्छी काटेर पानी बाहिर पठाए पछि यहाँकानागहरू पनि बाहिर जानुपर्ने अवस्था सिर्जना भएकोले चोभार भूतखेल भन्ने ठाउँमापोखरी बनाई सोही ठाउँमा नागहरूका राजा कर्कोटकलाई बस्ने ठाउँ दिइएकोलेटौदहलाई कर्कोटक नागको वासस्थान पनि भनिन्छ । यो ८४ रोपनी जल क्षेत्रसहित९६ रोपनी जग्गामा फैलिएको छ । दर्जनौँ प्रकारका पक्षीहरू यहाँ पाइने हुदाँचराहरूको अध्ययन र अनुसन्धानका लागि यो ठाउँ आर्कषक छ ।
९. घोडाघोडी ताल
कैलाली जिल्लाअन्र्तगत महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५हेक्टर क्षेत्रफलमा घोडाघोडी ताल रहेको छ । यस तालको बीचबीचमा चारपाँचवटाथुम्का थुम्कीहरू बनेका छन् । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकोले सोहीमन्दिरको आधारमा तालको नामाकरणगरिएको हो । यो तालको छेउको जङ्गलमा दुर्लभ पक्षी धनेशका अतिरिक्त अनेकौं पशुपक्षीहरू पाइन्छन् । तालभित्र माछा, गोही, कछुवा आदि पशुपंक्षीहरू पाइन्छन् ।
१०. गोसाईकुण्ड
जनैपूर्णिमाको दिन मेला भर्न हजारौँ धर्मावलम्बनीहरू आउने साथै धार्मिकतीर्थस्थलको रूपमा समेत परिचित रहेको गोसाईकुण्ड बागमती अञ्चलको रसुवाजिल्लामा पर्दछ । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल समुद्रसतहबाट करिब ४६०२ मिटर उचाइमा रहेको छ । सूर्यकुण्ड (पूर्व र उत्तरीझरनाबाट गोसाईकुण्ड बन्न पुगेको हो ।
११. रूपा ताल
कास्की जिल्ला पोखराको पूर्व उत्तरी भागमा पचभैया पर्वतको फेदमा रूपातालछ । समुद्री सतहबाट ७०१ मिटरको उचाइमा अवस्थित ४.५ मिटर गहिराइभएको रूपाताल १२० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालमा हाल मत्स्यपालनगरी आर्थिक लाभ लिन थालिएको छ ।

नेपालका केही प्रसिद्ध ताल,कुण्ड र पोखरीहरू !!!

१. रारा ताल = मुगु
२. फेवा ताल = कास्की
३. रूपा ताल = कास्की
४. मैदी ताल = कास्की
५. बेगनास ताल = कास्की
६. शे–फोक्सुण्डो वा रिग्म ताल = डोल्पा
७. बीसहजार ताल,नन्दभाउजू ताल = चितवन
८. गैडहवा ताल = रूपन्देही
९. लौसा ताल = रूपन्देही
१०. सग्रहवा ताल = रूपन्देही
११. जाखिरा ताल = कपिलवस्तु
१२. घोडाघोडी ताल = कैलाली
१३. बुलबुले ताल = सुर्खेत
१४. जगदीशपुर ताल = कपिलवस्तु
१५. रानी ताल = कञ्चनपुर
१६. झिलमिला ताल = कञ्चनपुर
१७. तिरीछो (तिलिचो)ताल = मनाङ
१८. खप्तड दह = अछाम
१९. गोसाईकुण्ड = रसुवा
२०. इन्द्रसरोवर = मकवानपुर
२१. टौदह = काठमाडौँ
२२. रानीपोखरी = काठमाडौँ
२३. नागदह = काठमाडौँ
२४. गंगासागर = धनुषा
२५. महाराजा सुन्वर्षी पोखरी = मोरङ
२६. माइदिया पोखरी = पर्सा
२७. सुर्मा सरोवर = बझाङ
२८. पञ्चासे ताल = स्याङ्जा,पर्वत र कास्की
२९. गिरी दह = जुम्ला
३० . सुना दह = डोल्पा र बाग्लुङ जिल्लाको सीमा क्षेत्
३१. गुफा पोखरी,सभापोखरी = सङ्खुवासभा
३२. माई पोखरी = इलाम

गोरखापत्र सम्बन्धी विविध जानकारी !!!

स्थापना :१९५८ वैशाख २४ सोमबार
प्रथम प्रधान सम्पादक :नरदेव
गोर्खापत्रको सट्टा गोरखापत्र लेख्न शुरु :वि.सं. १९८३ जेष्ठ ४ सोमबारदेखि
साल‚ महिना‚ गते र बार छुट्याएर प्रकाशन गर्न शुरु :वि.सं. १९६० सोमबार
प्रकाशन :वि.सं. १९५८ देखी १९९१ वैशाखसम्म‚ त्यसपश्चात वि.सं. २००० असोज १५ सम्म शुक्रबार प्रकाशन
पहिलो पटक तस्वीर प्रकाशन :वि.सं. १९८४ बैशाख
१३हप्ताको २ पटक प्रकाशन :वि.सं. २००० असोज २९ देखी २००३ पुस २ सम्म (सोमबार र शुक्रबार)
हप्ताको ३ पटक प्रकाशन :वि.सं. २००३ पुस ड देखि २०१७ फागुन ४ सम्म (सोमबार‚ बुधबार र शुक्रबार)
दैनिक प्रकाशन :वि.सं. २०१७ फागुन ७ गते देखि
शनिवारिय परिशिष्टाङ्क :वि.सं. २०१९ असार ९ गतेदेखि
गोरखापत्रले संस्थागत स्वरुप प्राप्त गरेको :वि.सं. २०२० असार २५ गते
दिनको दुईपटक प्रकाशन :वि.सं. २०२२ कार्तिक २ देखि २०२३ असोज २२ सम्म (विहान र साँझ)
मधुपर्क प्रकाशन शुरु :वि.सं. २०२५ जेठ
युवामञ्च प्रकाशन शुरु :वि.सं. २०४५ असार
मुना प्रकाशन शुरु :वि.सं. २०४७ बैशाख ९
रंगिन प्रकाशन शुरु :वि.सं. २०५७ असार १
विभिन्न भाषामा प्रकाशन शुरु :वि.सं. २०६४ असोज १ (हाल ३० भाषामा प्रकाशन गरिन्छ ।)

आ.ब.२०७२/०७३ का केहि विशेषताहरु !!!

*.आ.ब. २०७२/७३ का लागि ८ खर्ब ४८ करोड ८८ लाख ८४ हजार रुपैयाँको बजेट प्रस्तुत ।
*.चालु तर्फ ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख (५९.१ प्रतिशत)‚
*. पुँजीगततर्फ २ खर्ब ८ अर्ब ८७ करोड ७२ लाख ४२ हजार (२५.५ प्रतिशत)र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ८७ हजार (१५.४ प्रतिशत) खर्च हुनेछ ।
*.यो खर्च अनुमा न चालु आर्थिक बर्षको विनियोजनको तुलनामा ३२.६ प्रतिशत र संसोधित अनुमानकव तुलनामा ५६.८ प्रतिशतले बढी हो ।
*.बजेटमा राजस्वबाट ४ खर्ब ७५ अर्ब १ करोड (५७.९ प्रतिशत)‚ साँवा फिर्ताबाट २ खर्ब र बैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ९२ करोड ९४ लाख रुपियाँ (१३.४ प्रतिशत) स्रोत जुटाइने ।*.त्यसैगरी बैदेशीक ऋणबाट ९४ अर्ब ९८ करोड ४७ लाख (११.४ प्रतिशत)‚ आन्तरिक ऋणबाट ८८ अर्ब (११.७ प्रतिशत) तथा चालु आवको नगद मौज्दातबाट ४८ अर्ब ५८ करोड २६ लाख (५.८ प्रतिशत) खर्च ब्यहोरिनेछ।
*.पुनर्निमाणका लागि सरकारद्वारा आगामी आबका लागि राष्ट्रिय पुननिर्माण कोषमार्फत खर्च गर्ने गरी ७४ अर्ब रुपियाँ विनियोजन‚ त्यसमध्ये आवसका लागि ५० अर्ब रुपियाँ खर्च हुने ।
*.तराईमा आधुनिक सुविधा सम्पन्न १० वटा नयाँ सहर निर्माण ।*.पुननिर्माण प्राधिकरणलाई छिट्टै पूर्णता दिएर सोहीअन्तर्गत पुनर्निर्माणको कार्ययोजना अघि बढाइने ।
*.पुनर्निर्माणका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न करिब ५० हजार युवालाई जिल्ला तहमा सिकर्मी‚ डकर्मी‚ धारा तथा विजुलीसम्बन्धी तालिम दिई सो सीप तथा ज्ञानको प्रमाणीकरण गर्ने व्यवस्था समेत गरिने ।
*.भूकम्पले क्षति पुर्याएका ऐतिहासिक सम्पदा‚ मठ मन्दिर‚ गुम्बा‚ मस्जिदजस्ता संरचनाको निर्माणका लागि सरकारले‘हाम्रो धरोहर हाम्रैदायित्व’अभियान सञ्चालन गर्ने ।
*.मूल्य अभिबृद्धि कर (भ्याट) लागू भएको १८ बर्ष पछि पहिलोपटक यसको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर ५० लाख (यस अघि २० लाख रहेको) पुर्याइएको ।
*.आर्थिक बर्ष २०७२/७३ लाई बजेट कार्यान्वयन वर्ष घोषणा ।
*.दुर्गमका १०० विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट ।
*.चालु बर्ष ६ खर्ब १८ अर्ब १० करोड बजेट सार्वजनिक भए पनि ५ खर्ब २२अर्ब ६८ करोड रुपियाँ खर्च भएको अनुमान ।
*.काठमाण्डौं‚ लुम्बिनी र निजगढलाई स्मार्ट सिटी बनाइने ।
*.दोस्रो चौमासिक अवधिमा पनि ५० प्रतिशत काम नसक्ने आयोजना फिर्ता हुने ।
*.गाविस गाभ्न आकर्षक प्याकेज‚ गाभिएका गाविसलाई ५० लाख देखि २ करोडसम्म अनुदान ।
*.आगामी आर्थिक वर्षदेखी विदेशीले पनि नेपालमा अपार्टमेन्ट खरिद गर्नपाउने ।
*.ज्येष्ठ नागरिकलाई बृद्धभत्ता बृद्धि गरी मासिक एक हजार पुर्याइएको।

नेविप्रा मिटर रिडर तेस्रो तह २०७२ का केही प्रश्नहरु !!!

1. नेपालको कुल क्षेत्रफल कति रहेको छ ?
– १,४७,१८१ वर्ग किमी
2. शेफोक्सुन्डो ताल कुन जिल्लामा पर्दछ ?
– डोल्पा
3. हलेसी महादेवको मन्दिर कुन जिल्लामा पर्दछ ?
– खोटाङ
4. कुमारी बनाइ पूजागर्ने चलन कसले चलाएका हुन ?
– गुणकामदेव
5. नासल चोक कहाँ पर्दछ ?
– हनुमान ढोका
6. कालिकागण्डकी ए जलविद्युत आयोजनाको उत्पादन क्षमता कती रहेको छ ?
– १४४ मेघावाट
7. निर्मानाधिन सबैभन्दा ठुलो जलविद्युत आयोजना कुन हो ?
– माथिल्लो तामाकोशी
8. माथिल्लो त्रिशुली जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
– नुवाकोट
9. निजामती कर्मचारी अस्पातल कुन देशको सहयोगमा निर्माण भएको हो ?
– चिन
10. धुलिखेल्-वर्दिवास राजामार्ग कुन देशको सहयोगमा बनेको हो ?
- जापान
11. ‘अन्तर्मनको यात्रा’ कृतिका लेखक को हुन ?
– जगदिश घिमिरे
12. नेपालको सबैभन्दा जेठो बैंक कुन हो ?
– नेपाल बैंक लिमिटेड
13. सेतोबाघ कृतिका लेखक को हुन ?
– डायमण्ड समशेर राणा
14. राणा विरुद्ध खोलिएको पहिलो संस्था कुन हो ?
– प्रचन्ड गोर्खा
15. पुरातात्विक संग्राहलय कहाँ रहेको छ ?
– कपिलवस्तु
16. नेपालको राष्ट्रियगान का रचयिता को हुन ?
– व्याकुल माइला
17. नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ ?
– जेठ १५

Thursday, 13 August 2015

प्रा. स. विशेष ज्ञानको एक खुराक !!!

कृपया शेयर गर्नुहोला ।
1. पहिलो कन्या पाठशालाको स्थापना : 1980 मा भएको हो ।
2. पास जाँच अड्डाको स्थापना : 1967 मा भएको हो ।
3. पहिलो टेक्निकल स्कुलको स्थापना : 1967 मा भएको हो ।
4. पहिलो शैक्षिक कानुन " शिक्षा ईस्तिहार - 1996 " हो ।
5. वीर पुस्तकालयको स्थापना : 1957 मा भएको हो ।
6. रानिपोखरी पाठ्शालाको स्थापना : 1934 मा भएको हो ।
7. किन्डर्गार्टन स्कुल फ्रोब्रेलले : 1937 मा खोलेका थिए ।
fb.com/100007384394013
8. पेसागत मन्च भनेर ' अगुवा श्रोतकेन्द्र ' LRC लाई भनिन्छ ।
9. देशभरी अगुवा श्रोतकेन्द्र 46 वटा र 1091 वटा अन्यश्रोतकेन्द्रहरुछन् ।
10. विद्यालय शिक्षक किताबखानाको स्थापना : 2054 चैत 16 गते भएको हो ।
11. शैक्षिक गुणस्तर परिक्षण केन्द्रको स्थापना 2066 कर्तिक 13 गते भएको हो ।
12. उच्च मध्यामिक शिक्षा परिषदको स्थापना : 2046 फल्गुण 12 गते भएको हो ।
13. कलेज अफ एजुकेसनको स्थापना : 2013 भदौ 24 गते भएको हो ।
14. त्रिभुवन चन्द्र कलेजबाट त्रिचन्द्र कलेज भनी : 1980 मा नामाकरण गरिएको हो ।
15. नेपालमा राष्ट्रिय साक्षरता अभियान : आ. व. 2065/66 बाट सुरु भएको हो ।

Wednesday, 12 August 2015

आठ हजार मिटर भन्दा अग्ला शिखरहरु !!!

कृपया शेयर गर्नुहोला ।
१. सगरमाथा 8848 मिटर
२. केटु (गडविन आष्टिन) 8611 मिटर
३. कञ्चनजधां 8586 मिटर
४. ल्होत्से 8516 मिटर
५. मकालु 8463 मिटर
६. चोयु 8201 मिटर
७. धवलागिरी 8167 मिटर
Kamal Prasad Marasini
८. मनास्लु 8163 मिटर
९. नङ्गा पर्वत 8125 मिटर
१०. अन्नपुर्ण 8091 मिटर
११. गासेब्रुम प्रथम 8068 मिटर
१२. ब्रोडपिक प्रथम 8047 मिटर
१३. गासेब्रुम द्दितिय 8034 मिटर
१४. सिसा पाङ्मा 8013 मिटर

केही महत्वपुर्ण स्वदेशी र
बिदेशी ब्यक्तित्वहरुकोनिधन मिति !!!

१. बिश्वनाथ उपाध्याय : 2070/10/16
२. लक्ष्मण प्रसाद अर्याल : 2066/5/31
३. गिरिजा प्रसाद कोइराला: 2066/12/7
४. कृष्ण प्रसाद भट्टराइ: 2067/11/20
५. मरिचमान सिँह श्रेष्ठ : 2070/4/31
६. रामराजा प्रसाद सिँह : 2069/5/27
७. हुतराम बैध : 2070/9/9
८. क्षेत्रप्रताप अधिकारी : 2070/12/30
९. जगदिश घिमीरे : 2070/7/14
१०. फत्तेमान राज भण्डारी : 2070/5/25
fb.com/100007384394013
११. शिब रेग्मि : 2070/8/24
१२. श्रिकृष्ण श्रेष्ठ : 2071/4/25
१३. नेल्सन मण्डेला : 2013 डिसेम्बर 5
१४. निल आर्मस्ट्रङ : 2012 अगष्ट 25
१५. ओसामा बिन लादेन : 2011 मे 2
१६. साइबाबा : 2011 अप्रिल 24
१७. एडमण्ड हिलारी : 2008 जनबरी 11
१८. बेनेजिर भुट्टो : 2007 डिसेम्बर 27
१९. सद्दाम हुसेन : 2006 डिसम्बर 30
२०. माइकल ज्याक्सन : 2009 जुन 25

नगरपालिका बारे नयाँ जानकारी !!!

- २०७१ मंसिर १६ गतेको मन्त्रिपरिषदको निर्णयबाटसरकारले थप 61 वटा नगरपालिका घोषणा गरेको छ ।
- योसँगै नेपालमा नगरपालिकाको संख्या 191पुगेको छ ।
- सबै भन्दाबढि नगरपालिका भएको जिल्ला : काठमाडौं [ 11 वटा ]
- गाविसविहिन जिल्ला : 2 वटा [ काठमाडौं र भक्तपुर ]
- नगरपालिका विहिन जिल्ला : 8 वटा (मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, कालीकोट, मुगु, डोल्पा, रसुवा)
- पछिल्लोपटक 61 नगरपालिका घोषणा हुँदा 258 गाविस गाभिएका छन् ।
- यसैपालि 23 नगरपालिकाको क्षेत्रफल बिस्तार गर्दा थप 91 गाविस नगरमा [ थप 7 उपमहानगरपालिकामा जम्मा 34 वटा गाविस & पुराना 16 वटा नगरपालिकाहरुमा जम्मा 57 वटा गाविस ] गाभिएकाले गाविसको संख्या घटेको छ ।
- अब देशभर गाविसको संख्या 3 हजार 2 सय 76 रहेका छन !
- अब नेपालको कुल जनसंख्याको करीव 37 [36 दशमलव 8 ] प्रतिशत जनता शहरबासी ।
- थपिएका ६१ नगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा छ ।(१ लाख ७ हजार ९ सय १८)
- सबैभन्दा कम जनसंख्या इलामको देउमाई नगरपालिकामा छ ।(१० हजार ९ सय ६४)
- यो भन्दा अगाडि सरकारले २०७१ बैशाख २५ को निर्ण्यबाट ७२ वटा नगरपालिका थप गरेर नगरपालिकाको संख्या १३० पुर्याएको थियो ।
- थप उपमहानगरपालिका संख्या : 7 वटा
- जम्मा उपमहानगरपालिका संख्या : 11 वटा [ललितपुर, बिराटनगर, वीरगञ्ज र पोखरा हैटौंडा, जनकपुर, इटहरी, बुटवल, भरतपुर, नेपालगन्ज र धरान ]
- थप उपमहानगरपालिकामा गाभिएका जम्मा गाविस संख्या : 34 वटा
- हैटौंडा, जनकपुर, इटहरी, बुटवल, भरतपुर, नेपालगन्ज र धरान नगरपालिकालाई उपमहानगरपालिका घोषणा गरिएको
- एउटै जिल्लामा 2 वटा उपमहानगरपालिका भएको जिल्ला : सुनसरी [ इटहरी र धरान ]

Tuesday, 11 August 2015

केहि भौतिक परिमाण र तिनका एकाईहरु !!!

ध्वनिको तीव्रता - डेसिबल
बल - न्युटन Newton (N)
ताप - जुल Joule (J)
कार्य/शक्ति - जुल Joule (J)
मोमेन्टम - किलोग्राम मिटर प्रतिसेकेन्ड (Kg m/s)
विशिष्ट तापधारण शक्ति - जुल प्रति किलोग्राम डिग्री (J/Kg`)
चाप - पास्कल Pascal (P)
भुकम्प - रेक्टर स्केल
आवृति - हर्ज Hertz (Hz)
घनत्व - किलोग्राम प्रति घनमिटर (Kg/m3)
दूधको शुद्धता - ल्याक्टोमिटर
ज्यादै छोटो दुरी - माइक्रोमिटर
सामर्थ नाप्ने एकाई - हर्स पावर (१ हर्स पावर = ७४६ वाट)
लेन्सको शक्ति - डायप्टर
रेडियो एक्टिभिटिज - क्युरी
विद्युतको पोटेन्सियल - भोल्ट
अन्नको आयतन - बुसेल
विद्युत शक्ति - युनिट
वायुको दबाब - वार
विद्युत धारा - एम्पियर

ICC बिश्व क्रिकेट लिग डिभिजन - 2 2015 बिशेष !!!

ICC World Cricket League- Division 2
~ सञ्चालन भएको स्थान : नामिबिया
~सहभागि देश : 6 वटा(नेपाल, युगाण्डा,नेदरल्याण्ड,
क्यानडा, केन्या र नामिबिया)
~ सञ्चालित मिति : 2015 जनवरी 17देखि जनवरी 24 सम्म
~ बिजेता : नेदरल्याण्ड
~ उपबिजेता : नामिबिया
~तेस्रो : केन्या
~चौथो : नेपाल
~पाँचौँ : युगाण्डा
~छैठौँ : क्यानडा
~म्यान अफ द सिरिज : पारस खड्का
~यहि खेलबाट बसन्त रेग्मीले ICC WCL Division मा 100 विकेट पुरा गरेका थिए।
यो रेकर्ड एसोसियटेड र एफिलियटेड राष्ट्रकै पहिलो रेकर्ड हो ।

कहिले के भयो ?? महत्वपुर्ण तिथिमिति !!!

१. कोशी सम्झौता - सन् १९५४ अप्रिल २५
२. गण्डक सम्झौता - सन् १९५९ डिसेम्बर ४
३. कोत पर्व - वि.सं. १९०३ असोज २
४. भण्डारखाल पर्व - वि.सं. १९०३ कार्तिक १२
५. अलौ पर्व - वि.सं. १९०४ श्रावण
६. थापाथली सन्धि - वि.सं. १९१२
७. गोरखापत्रको प्रकाशन - वि.सं. १९५८ बैशाख २४
८. सती प्रथाको अन्त्य - वि.सं. १९७७ असार २५
९. दासत्व मोचन - वि.सं. १९८१ वैशाख १
१०. सरकारी कामकाज नेपालीमा गर्ने निर्णय- वि.सं. २०२१ बैशाख २
११. सिहदरवारमा आगलागी - वि.सं. २०३० असार २५
१२. ऎतिहासिक जनमत संग्रह - वि.सं. २०३७ बैशाख २०
१३. कमैया मुक्तिको घोषणा - वि.सं. २०५७ साउन २
१४. नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा - वि.सं. २०६३ जेठ २१
१५. हलिया प्रथाको उन्मुलन - वि.सं. २०६५
१६. कालापत्थरमा मन्त्रीपरिषदको बैठक- वि.सं. २०६६ मंसिर १९
१७. सार्वजनिक स्थलमा धूम्रपान निषेध -वि.सं. २०६८ साउन २२
१८. भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण - वि.सं. २०७१ श्रावण १८ र १९ गते

दोस्रो संविधान सभा निर्वाचन 2070 -विशेष !!!

कुल मतदाता - 1,21,47,865 जना
कुल मतदान केन्द्र - 18,775
कुल सहभागी दल - 122 दल
प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ र मन्त्रीपरिषद्ले
मनोनित गर्ने सिटहरु क्रमश - 240 + 335 + 26 = 601
प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ कुल मतदान क्रमश - 78.34% , 79.82%
प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ कुल बदर मत क्रमश - 4.96% , 3.20%
धरौटि रकम क्रमश प्रत्यक्ष र समानुपातिक तर्फ - रु. 3,000 , रु. 10,000
खर्च गर्न पाउने रकम क्रमश प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ - रु. 10 लाख , रु.1 लाख
मतदाता र उम्मेद्वारको उमेर क्रमश - 18 , 25 वर्ष
विजय हासिल गर्न सफल दल क्रमश प्रत्यक्ष तर्फ, समानुपातिक तर्फ - 10, 30
प्रत्यक्ष तर्फ महिला विजयी संख्या - 10
सबैभन्दा बढी र कम मतले विजयी हुने उम्मेद्वार क्रमश - शेर व. देउवा 23,920 मत र रोमी गौचन 1,424 मत
सबैभन्दा धेरै मताधिकार भएको जिल्ला - डोल्पा 80.3 %
प्रत्यक्ष तर्फ ठुला दलहरु क्रमश - काँग्रेस 105 सिट,एमाले 91 सिट,माओवादी 26 सिट
समानुपातिक तर्फका ठुला दलहरु क्रमश - काँग्रेस 91 सिट,एमाले 84 सिट,माओवादी 54 सिट रराप्रपा नेपाल 24 सिट
उपनिर्वाचन भएका क्षेत्रहरु - चितवन क्षेत्र नं. 4,कैलाली क्षेत्र नं. 6,काठमाडौं क्षेत्र नं. 2 रवर्दिया क्षेत्र नं.1(मिति 2071/03/08 गते)
दुवै क्षेत्रमा विजयी हुने नेताहरु - सुशील कोइराला, शेर व देउवा, माधव कु. नेपाल र वामदेव गौतम
दुवै क्षेत्रमा पराजित हुने - लोकेन्द्र व. चन्द र शरतसिंह भण्डारी
2048 सालदेखिका विजेता नेता - देउवा, रामचन्द्र, विजुक्छे र गच्छदार
पर्यवेक्षकहरु - अन्तर्राष्ट्रिय 3 संस्थाका 249 जना र 46 राष्ट्रिय संस्थाका 30,667 जना
सवैभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्ला - काठमाडौँमा 10 वटा र मोरङमा 9 वटा
निर्वाचन क्षेत्रहरु क्रमश 1, 2, 3, 4, 5, 6 र 7 ओटा भएका जिल्लाहरु - 14, 23, 14, 6, 4, 9 र 3 जिल्लाहरु

राष्ट्रिय जनगणना २०६८ - एक झलक !!!

कुल जनसंख्या - २,६४,९४,५०४ जना
पुरुष - ४८.५० % (१,२८,४९,०४१ जना)
महिला - ५१.५० %(१,३६,४५,४६३ जना)
लैंगिक अनुपात - ९४.१६
जनसंख्या वृद्धिदर - १.३५ %
जनघनत्व - १८० प्रति वर्ग कि.मि.
परिवार संख्या - ५४,२७,३०२
हिमाली जनसंख्या - १७,८१,७९२(६.७३ %)
पहाडी जनसंख्या -१,१३,९४,००७(४३.०१%)
तराई जनसंख्या -१,३३,१८,७०५(५०.२७%)
सहरी जनसंख्या - ४५,२३,८२०(१७.०४%)
ग्रामिण जनसंख्या - २,१९,७०,६८४(८२.९३%)
साक्षरता दर - ६५.९%
पुरुष साक्षरता दर - ७५.१%
महिला साक्षरता दर - ५७.४%
विद्युत उपभोग गर्ने घरपरिवार - ६७.२६%
काठदाउरा उपभोग गर्ने घरपरिवार - ६४%
एल. पि. ग्यास प्रयोग गर्ने घरपरिवार - २१.०३%
टेलिभिजन प्रयोग गर्ने परिवार - ३६.४५%
मोवाईल फोन प्रयोग गर्ने परिवार - ६४.६३%
शौचालयको सुविधा नभएको परिवार - ३८.१७%
महिलाको नाममा घरजग्गा भएको परिवार - १९.७१%
अपांगता भएको जनसंख्या - १.९४%